न्यूयोर्क च्याप्टर द्वारा तामाङलाई स्वागत एवं सम्मान ।

इनेप्लिज २०७५ साउन २९ गते ११:०७ मा प्रकाशित

सोमनाथ हुँमागाई

न्यूयोर्क:- यहि अगष्ट १२ तारिख आईतबारका दिन,  गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं ईद्रावती गाउँपालिकाका प्रमुखतथा जनसम्पर्क समिति अमेरिकाका पूर्व सल्लाहकार वंशलाल तामाङलाई नेपालीजनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले एक कार्यक्रमको आयोजना गरी भव्य स्वागत एवं सम्मान गरेको छ । कार्यक्रमका सम्मानित व्यक्तित्व श्री वंशलाल तामाङले संघियतामादेखिएका स्थानीय सरकारका चुनौती र अवसरका बारेमा केन्द्रित भएरअमेरिकामा बसेता पनि आफ्नो सपनाको केन्द्र भने सधैं नेपालै भएकोले आफु देशफर्किएको बताएर आफ्नो भनाई सुरूगरेका थिए ।

विभिन्न देशका राजनीतिक र आर्थिक प्रगतिका उदाहरणहरू दिएर, मुलुकमाव्यवस्थाको विकल्प व्यवस्था खोजेकाले समस्या आएको बताउदै, गाँउपालिकाप्रमुख वंशलाल तामाङले सुधारको गुन्जायस राखेर भएपनि अब मुलुकलाई समृद्धिर विकासको बाटोमा डोर्याउनु पर्ने कुरा राखेका थिए ।

अहिलेको संविधानले स्थानीय सरकारलाई २२ वटा एकल र १५ वटा साझाअधिकारहरू दिएको हुनाले धेरै अवसरहरू उपयोग गर्न सकिन्ने कुरा बताउँदै,तामाङले स्थानीय सरकार विफल भयो भने संघीयतानै विफल हुन सक्ने कुराबताएका थिए । अहिलेको संविधान महिलाहरूको निमित्त उदार, पिछडिएका बर्गसमुदाय, दलित र जनजातिका लागि उतिकै राम्रो भएको कुरा बताउदै, स्थानीयसरकारमा सबैको प्रतिनिधित्व रहेको कुरा राखेका थिए ।

सहमति, सहकार्य र समन्वय अहिले मुलुकको नयाँ जनादेश भएकोले हाम्रो सोचमाआमुल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिदैं, गाँऊपालिका प्रमुख वंशलाल तामाङलेविकास निर्माणको प्रकृयामा मुलुक पुगिनसकेकोले विकासका निमित्त राजनीतिपरिपाटी बसाल्न अहिलेको मुख्य चुनौती रहेको कुरा बताएका थिए । मुलुकले नयाँमुलुकी एेन पाएपछि कानुन बनाएरआमुल परिवर्तन गर्न सकिन्ने कुरा जानकारीदिदै, अधिकार र विकासमा केहि गम्भीर चुनौति रहेको कुरा समेत तामाङलेराखेका थिए । अन्तमा आफ्नो गाँउपालिकाको विकासका गुरू योजनाहरू समेतप्रस्तुत गर्दै, ईद्रावती गाउँपालिकाका प्रमुख तामाङले अमेरिकामा विताएकासंघर्षका दिनहरूलाइ सम्झीएर केहि भावुक समेत भएका थिए ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समितिअमेरिकाका सभापति श्री आनन्द बिष्टले गाउँपालिकाका प्रमुख वंशलालतामाङलाई खादालगाएर स्वागत र सम्मान गर्दै, बिगतमा संगठनलाई परेकोअप्ठ्याराको वेलामा तामाङले खेलेको सहजकर्ताको भुमिकाको प्रशंसा गरेका थिए। अर्का वक्ता नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङलेपनि गाउँपालिकाका प्रमुख तामाङलाई स्वागत र  सम्मान गर्दै, प्रवासमा बसेरविभिन्न राजनीतिक बिचार समुहमा रहेकाहरूको लागि वंशलाल तामाङ एउटाइन्डीकेर र प्रेरणाका श्रोत भएको कुरा बताएका थिए ।

अन्य बक्ताहरूमा , नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य सुवास लामा,प्रध्यापक डा. गोविन्द कोईराला, एनआरएन आईसिसिका सदस्य द्वय, गोमा सेन,बन्दना कोइराला, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य आंगनिमा शेर्पा,एनआरएन न्यूयोर्क च्याप्टरका सभापति रामहरी अधिकारी, नेपाल आदिवासीजनजाति महासंघ अमेरिकाका अध्यक्ष मान रानामगर,किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दिपेश लिम्बु, युनाईटेट किराँत राई एसोसिएशन न्यूयोर्कच्याप्टर अमेरिकाका अध्यक्ष केशवराम राई, लङआईल्याण्ड नेपाली समाजका पूर्वअध्यक्ष दुर्गेश कार्की, पत्रकार बिष्णु बैजु, प्रवासी नेपाली एकता समाज न्यूयोर्ककामहासचिव नवराज खड्का, युएस नेपाल स्पोट एण्ड कल्चर डेभेलपमेन्ट इंककाउपसभापति छेमाङ तामाङ, नेपाल महिला संघका केन्द्रीय सदस्य राजनविश्वाकर्म लगायत थिए ।

ग्यालसुन्दो सेवा सँस्थाको कार्यलय,ज्याक्सन हाईट न्यूयोर्कमा सम्पन भएको उक्तकार्यक्रममा, च्याप्टरका उपसभापति कमला पन्तले अतिथिहरूलाई खादा लगाईदिएका थिए भने, च्याप्टरका भावि कार्यक्रमहरूको बारेमा च्याप्टरका सचिव अनिलपाण्डेले प्रकाश पारेका थिए । याप्टरका सभापति रोशन ढंगाना शहर बाहिर भएकाकारण, च्याप्टरका उपसभापति अमर तामाङको अध्यक्षतामा भएको उक्तकार्यक्रमको संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागतमन्तव्य च्याप्टरका कोषाध्यक्ष मोना शर्माले गरेका थिए ।

 

प्रतिक्रिया