के कार्कीको हत्या मासु पोखिएको निउँमा नै भएको हो त ? अपराधी पक्राउ नपर्दा परिवार आक्रोशित [भिडियो]

इनेप्लिज २०७५ भदौ १ गते २:१५ मा प्रकाशित

के कार्कीको हत्या मासु पोखिएको निउँमा नै भएको हो त ? अपराधी पक्राउ नपर्दा परिवार आक्रोशितभक्तपुर: गत असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ जितपुरमा हत्या भएका उमेश कार्कीको परिवारले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

भक्तपुरमा पत्रकार सम्मेलन गर्दै मृतक उमेशकी श्रीमती अनिता कार्कीले घटना भएको ४५ दिन बितिसक्दापनि प्रहरीले सबै अपराधी पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

कुनै ठूलै रिसिइवीका कारण योजना बनाएर नै आफ्नो श्रीमान्को हत्या भएको भन्दै अनिताले सत्यतथ्य बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेकी हुन् । उनी भन्छिन, ‘कुनै पनि समान्य मानिसलाई रिसै उठ्यो भनेपनि रडले टाउकोमा हानेपछि जो कोही पनि मुर्छा परिहाल्छ चक्कु नै ल्याएर छिया छिया हुने गरि टाउकोमा २५ भन्दा बढि चोट लाग्ने गरि चिर्नु त कुनै आपराधिक मानसिकता भएकाले मात्र गर्न सक्छन् । यसैले मासु पोखिएको रिसमा भन्ने कुरा असत्य हो।’

प्रहरीको अनुसन्धानमा दुई चोक्टा मासु पोखिएको रिसमा हत्या भएको भनिएको थियो । घटनामो प्रकृति हेर्दा उनलाई टाउकोमा मात्र २५ भन्दा बढी चोट लाग्ने गरि छुरा हानीएको थियो ।

 

 

 

 

 

 

 

 

 

त्यो कुनै सामान्य रिस नभएको र विभत्स तरिकाले छोराको हत्या गरिएको मृतक उमेशका पिता कृष्ण वहादुर कार्कीले दाबी गरे । ‘घटनाको प्रकृति हेर्दा उनलाई टाउकोमा मात्र २५ भन्दा बढि चोट लाग्ने गरि छुरा हानीएको थियो । कुनै सानो रिसिवी नभएको भए यति विभत्स तरिकाले किन हत्या गर्नु ?’ मृतकका बुवा कृष्ण वहादुर कार्की बताउनुहुन्छ । आफ्नो छोराको हत्या भएपनि अरुको पनि यस्तै हत्या नहोस् भनी छिटो भन्दा छिटो हत्यारालाई कानुनी दायरामा ल्याउनु आवश्यक रहेको उहाँको भनाई थियो ।

उक्त घटनामा संग्लन भनिएका राजेन्द्र चौधरी , बासुदेव लोहार (विक), सुकदेव लोहार (विक) र शंकर पटेललाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन नसक्नुले घटनाको रहस्य बाहिर आउन नसकेको उनीहरुको भनाई छ । मृतक कार्कीका बुवा, आमा, श्रीमती र दुई छोरा रहेका छन् ।

प्रतिक्रिया