‘छोरालाई भट्टी छोरीलाई पार्लर आवश्यक नै हो ?’ भन्दा के भन्छिन् ब्युटिसियन मनिता

इनेप्लिज २०७५ भदौ १ गते ११:२२ मा प्रकाशित
इटहरी/ विश्वमा अहिले सौन्दर्य सम्बन्धि विभिन्न गतिबिधिहरु भैरहेका छन् । सुन्दर बन्न सबैलाई अबस्य रहर लाग्छ नै, त्यस्तै बढ्दो बाताबरण प्रदुषण साथै आधुनिकरणले पनि सौन्दर्यतालाइ प्रत्यक्ष्य वा अप्रत्यक्ष्य असर पुर्याएको हुन्छ । हरेक समस्याको आ-आफ्नै समाधानको पाटो हुन्छ । त्यस्तै सौन्दर्यता सम्बन्धि हरेक कुरालाई सहजीकरण बनाउने काम मेकअप स्टुडियोको हो ।
रुपकला ब्युटिपार्लरको झन्डै तिन दशक लामो यात्रा संगै पूर्वको सुन्दर सहर इटहरीमा अत्याधुनिक सुबिधा सम्पन्न पेस्को मेकअप स्टुडियो खुलेको छ । सम्बन्धित क्षेत्रमा निकै लामो अनुभब बटुलेकी मनिता तामांगले आफु सानो हुदा आफ्नो आमाले गर्दै आएको पेशालाइ निरन्तरता दिदै रुपकला ब्युटिपार्लरको सफलतापछि पेस्को खोल्न सफल भएको बताउछिन । हेर्नुस पेस्को मेकअप स्टुडियो संचालिका मनिता तामांग संगको रमाइलो कुराकानी
थोरै लगानी, एकै ठाउमा बसेर गर्न सकिने, राम्री पनि हुने र पैसा पनि कमाइ भएर उक्त पेशालाइ पुस्तौपुस्ता सम्म लैजाने कुरा मनिता बताउछिन । आमाबाट सानोमा सिकेको तथा नेपालका चर्चित मेकअप आटिस्टहरुबाट साथै इन्डियामा समेत विभिन्न तालिम तथा वर्कसप लिएकी मनिता अब चाडै नै थाइल्याण्डमा हुने सौन्दर्य तालिममा सहभागी हुदै छिन । पेस्कोले अहिले विभिन्न मेकअप तथा ब्युटिसियन कक्षाहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया