सारंगी रेटेरै आफ्नो परिवार पाल्दै आएका १० बर्षीय जनक गन्धर्वको गीत सुनेर को नरोला ? [भिडियो]

इनेप्लिज २०७५ भदौ १९ गते २३:२३ मा प्रकाशित

काठमाडौँ: ‘कालो बादल निलो आकाशमा, गयौ आमा चढेर जहाजमा फर्केउ बाकसमा’। दाङ घर बताउने १० बर्षीय जनक गन्धर्व सारंगी रेट्दै यस्तै मार्मिक गीत गाई सबैको आँखा रसाउने गरि काठमाडौँको विभिन्न शहरमा गीत गाउँदै हिड्ने गर्छन । बैशाख महिनाअघि देखि सारंगी बजाउन सिकेका उनि काठमाडौँ आएको तिन महिना भैसक्यो। दाङबाट सारंगी बजाएर गीत गाउन सुरु गरेका उनले अहिले काठमाडौँमा सार्वजनिक यातायात लगायत बिभिन्न चोक-चोकमा गीत सुनाएर दैनिक जीविका चलाउदै आइरहेका छन।

भावुक गीत मात्र होइन उनी अहिलेका चलेका र्यापर भी-टेनको गीत समेत उत्तिकै राम्रोसंग सारंगीको तालमा बजाउन सक्छन। उनका बाबु आमा पनि सारंगी रेटेर नै जीविका चलाउदै आएका छन। उनको परिवारमा एक भाइ र दुई दीदी पनि छन । आर्थिक अभावको कारण ३ कक्षासम्म मात्र अध्ययन गरेका उनी बोर्डिंग स्कुलमा पढ्न चाहन्छन । काठमाडौँमा नभई दाङमा कसैले सहयोग गरेमा उनी आफ्नो अध्ययनलाई निरन्तरता दिन चाहन्छन।कलाकारितामा रुची भएका उनि भविष्यमा एक सफल कलाकार बनेर राष्ट्रको नाम उज्ज्वल पार्न चाहन्छन।

दैनिक ५ -७ सय कमाई गरेतापनि महिनाको अन्तिममा परिवारलाई खर्च पठाउने गरेको उनले बताएका छन। सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीतसंगीतको प्रभाव बढ्दै गइरहेका बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारँगी रेटेर वीरहका भाका गाउने गन्धर्व समेत प्राय देखिन छोडिसकेको अवस्थामा जनक गन्धर्वजस्ता बाल प्रतिभाले उचित स्थान पाउन सके सारंगी र यससँग जोडिएको संस्कृति संरक्षण र सम्वद्र्धन गर्न मद्धत पुग्नेछ ।

हेर्नुस जनकसँग गरिएको कुराकानी:

 

प्रतिक्रिया