के थाइराइड रोग सन्चो हुन्छा ? उपचार गर्दा कति खर्च लाग्छ ? डाक्टरले दिए यस्तो सुझाव हेर्नुहोस

इनेप्लिज २०७५ भदौ २१ गते २२:२६ मा प्रकाशित

हर्मोनहरुको अध्ययन, यिनीहरुको कार्य क्षमताको कमीले मानवशरीरलाई लाग्ने अनेकौं रोगहरुको पहिचान, उपचार र रोगथाम गर्ने एउटा महत्वपूर्ण विशेषज्ञ क्षेत्र हो, इन्डोक्राइनोलोजी ।

हर्मोन यस्ता तत्व हो, जुन शरीरको विभिन्न ग्रन्थीहरुमा उत्पादन हुन्छन् र रगतको माध्यमबाट अन्य भागहरुमा गई माथि उल्लेखित प्रणाली र धातुहरुको सन्तुलित कार्य सम्पादन गरिरहेको हुन्छ ।

सुन्दा पनि अनौठो र उच्चारण गर्दा त झनै गाह्रो यो शब्द इन्डोक्राइनोलोजी । झन् सर्वसाधारणले सजिलै बुझ्ने विषय नै भएन । मेडिसिन विज्ञानका अनेकौं विधा मध्यको एक महत्वपूर्ण विधा मानिन्छ इन्डोक्राइनोलोजी ।अस्पताल र क्लिनिकहरुमा सहजै देखिने विशेषज्ञहरु जस्तै पेटरोग, कलेजो रोग, छाती रोग, नशा रोग, मुटु रोग, मानसिक रोग जस्तै एउटा विशेषज्ञ सेवाको पाटो हो यो ।

 

प्रतिक्रिया