बोष्टनको भब्य साहित्यिक कार्यक्रम बिच राजमित्र पुरस्कार सुबेदीलाई

इनेप्लिज २०७५ भदौ २४ गते ३:२६ मा प्रकाशित

यम पौडेल \ सेप्टेम्बर ८, २०१८

अमेरिकाको बोष्टनमा सम्मान तथा साहित्यिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । आजै सेप्टेम्बर ८ ,२०१८ का दिन अनेसास बोष्टन तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको आयोजनामा मा राजमित्र प्राङगण माल्देनमा आयोजित कार्यक्रममा अनेसास केन्द्रको सचिवमा निर्बाचित तथा अनेसास बोष्टनका अध्यक्ष कबि लाल गोपाल सुबेदी लाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार व्दारा सम्मान गरियो । २५१ डलर नगद, सम्मान पत्र सहित फुलमालाले सम्मान गर्दै ऊहाको योगदानको बारेमा बताइएको थियो । सोहि कार्यक्रममा बोष्टन च्याप्टरबाट आजिबन सदस्यता लिएका १८ जना कबि साहित्यप्रेमीलाई प्रमुख अतिथि बाट आजिबन सदस्यता प्रदान गरियो । कोलोराडो देखि आएर कार्यक्रमको प्रमुख आतिथ्यता गरेका अनेसास केन्द्र का बर्तमान अध्यक्ष पदम बिश्वकर्मालाई पनि ऊहाको योगदानको ऊल्लेख गर्दै बिशेष सम्मान गरिएको थियो ।सो अवशरमा बोल्दै श्री बिश्वकर्माले १९९१ जनवरी ११ मा स्थापना भएको अनेसासलाई बिश्वब्यापी गर्ने आफुहरुको एऊटै मात्र स्वार्थ भएकोले यसैमा सरिक हुन सबै नेपाली भाषा साहित्यप्रेमी लाई अव्हान गर्नुभयो ।

अनेसास बोष्टनका पुर्ब अध्यक्ष तथा राजमित्र स्मृति प्रज्ञा पुरस्कार का सभापति कबि हरि काफ्ले शैव को को सभापतित्व र ऊप सभापति / कार्यक्रम सँयोजक यम पौडेलको कबितामय बाताबरणमा सँचालन भएको कार्यक्रममा राजमित्र स्मृति प्रज्ञा पुरस्कारका सँस्थापक शुसिल नेपालले पुरस्कृत ब्यक्तित्वलाई बधाइ दिदै पुरस्कार स्थापना को बारेमा प्रकाश पारेका थिए । स्मरण रहोस ; प्रजातन्त्र प्राप्तिको लागी २००७ साल अगावै देखि लडेका, रेडियो नेपाल का प्रथम समाचार बाचक, आफ्ना स्व. बाबा राजेन्द्र प्रसाद नेपाल तथा दिवँगत माता मित्रबिन्ध्याको श्रद्दा सम्झनामा ऊहाहरुको नाम जिबन्त राख्ने ऊद्देश्यले भाषा साहित्यप्रेमि छोरा बुहारी शुसिल नेपाल तथा सुमन नेपाल ले मोती जयन्तीको अवशरमा सेप्टेम्बर ६, २०१४ मा यस पुरस्कारको स्थापना गरेका थिए । पहिलो पटक सेप्टेम्बर १९, २०१५ मा साहित्यकार भारती गौतमलाई यस पुरस्कार व्दारा सम्मान गरिएको थियो । दोश्रो पटक लेखक तथा साहित्यकार दिनेश राजभण्डारीलाई मिति सेप्टेम्बर २४, २०१६ मा सम्मान गरियो ।तेश्रो पटक नोभेम्बर १८, २०१७ मा अनेसास केन्द्रका महासचिव गोबर्द्धन पुजालाई यस पुरस्कार प्रदान गरियो । यस पटक २ दर्जन भन्दा बढि कृति प्रकाशित गरिसकेका र नेपालमा प्रज्ञा प्रतिष्ठानबाट ३ पटक बिजयी , युबा बर्ष मोतिराम पुरस्कार प्राप्त ब्यक्तित्व सुुबेदीलाई प्रदान गरिएको हो । यस प्रतिष्ठानले हालसम्म ग्रेटर बोष्टनमा रहेर नेपाली भाषा साहित्यको सेवामा समर्पित बर्षमा एकजनालाई सम्मान गर्दै आएकोमा अर्को बर्ष देखि ग्रेटर बोष्टन बाहिरका लाई पनि सम्मान गरिने कुरा सँरक्षक शुसिल नेपालले समारोहमा घोषणा गरे । अबदेखि बर्षमा २ जना श्रष्टालाई यस प्रकारले सम्मान गर्न पाऊनुमा आफुलाई मातापिताको आशिर्बाद रहेको कुरा पनि सँरक्षक नेपाल ले बताए ।

कार्यक्रममा कबि लाल गोपालले कबि मोतिराम भट्टको ब्यक्तित्व र कृतित्वको बारे बताएका थिए भने राजमित्र पुरस्कार प्राप्तिले सबै साहित्यप्रेमीलाई सम्मान गरेको महसुस भएको पनि दोश्रो चरणमा बताए ।सम्मानित ब्यक्तत्व लाल गोपाल सुबेदीको बारेमा कार्यक्रमका सभापति हरि काफ्ले शैबले मन्तब्य राखेका थिए । पुरस्कार बितरण समारोह पछि क्रमस: घतलाग्दा कबिता रचना बाचनले हल जमेको थियो ।त्यस्ता कबि साहित्यकारहरुमा अनेसास केन्द्रका महासचिव गोबर्द्धन पुजा , केन्द्र कै सदस्य महेश्वर पन्त, नबनिर्बाचित केन्द्रका सदस्य अग्नी पराजुली , न्यु ह्याम्सायर च्याप्टरका अध्यक्ष कृष्ण गिरी ,न्यु ह्याम्सायर च्याप्टरकै हरिमाया खतिवडा, कवि दिपा राई , कबि अनु शाह , कबि गण्डकी पुत्र, अनेसास बोष्टनका पुर्व अध्यक्ष अच्युत अधिकारी, कार्यक्रम सँचालक यम पौडेल, समेतका मार्मिक मार्मिक रचना समाबेश थिए ।राजमित्र स्मृति प्रज्ञा पुरस्कारको कार्यक्रमलाई साथ दिने पारिवारकै सदस्य साहित्यप्रमी रबिमानसिह बस्नेतले क्यानाडाबाट पठाएको कबिता पनि समारोहमा सुनाईएको थियो ।साना बालबालिकालाई पनि नेपाली गित कबितामा सरिक गराऊने हेतुले सानी नानी सिम्रन पौडेलको गितलाई स्थान दिइएको थियो । नेपाल सरकारका पुर्व सचिव बिव्दान रामचन्द्र पौडेल “ रम्घाली”ले पनि मोतिरामको बारेमा प्रकाश पार्दै आफ्ना छन्दमा लेखेका केहि कबिता वाचन गरेका थिए ।

बोष्टनमा रहेका नेपालीहरु कुनै पनि सामाजिक र सकारात्मक कार्यक्रममा सबैतिरबाट ऊल्लेख्य रुपमा जुटने परम्परा अनुरुप यस साहित्यिक कार्यक्रममा पनि सामाजिक क्षेत्रका धेरै नेपालीहरु सहभागी भएका थिए । ग्रेटर बोष्टन नेपाली कम्युनिटि, पशुपतिनाथ बुद्द फाऊण्डेशन, एन आर एन बोष्टन, बोष्टन तमु समाज, बिश्व महिला सँजाल एन डब्लु जि एन, आदीका पदाधिकारीहरु कार्यक्रमको अन्तिम सम्म बसेका थिए ।अन्तिममा प्रज्ञा पुरस्कारको तर्फबाट शुसिल नेपालको परिवार तथा जिबिएनसि का सचिव समाजसेवी जाल प्रसाद घिमिरे समेतका साथीहरु खटेर ब्यबस्था गरिएको नेपाली परिकार का प्रकारहरु ग्रहण पश्चात सहभागीहरु बिदा भएका थिए ।
धन्यबाद

 

फोटो ; अबि गजुरेल

प्रतिक्रिया