अशुभ

बालानन्द भण्डारी २०७५ भदौ २५ गते २२:४६ मा प्रकाशित

नेपाल आमा छाती पिटदै , भक्कानिदै भन्छिन

जल्लाद हरुले यो गाउँमा मेरो अस्मिता लुटे

चिरहरण , जल्लाद हरुको बढोत्तरी

गडूरको छायाँ निस्तेज भएर होकी ?

अनि त यहा साना खाले सर्पहरु पनि

गोमन , करेटको रुप लिदै

नाबालक भएपनि , जंगलका शोभा , सौन्दर्य

मयुर , डाँफे , मुनालको यह लिला समाप्त पर्दै

नदीमा पानी पिउन निस्केका हरिण

 

अनि विचरणमा निस्किएका थुप्रै थुप्रै जीव हरु

पेशेवार सिकारी बाट प्रहार , चित्कार !अनि क्षत विक्षत

लौन ! ए लौन छाती ढक्क ढक्क , जिउ सिरिङ्ग

त्रदाशीपुर्ण बातावरण , कोलाहल तर ढाक छोपमा तल्लिन माउतेहरु

गुह्य गुमस्याउन लागि परेका मुखियाहरु

यहा गाउँ बुढोलाइ सबलाङ्ग कसरि भन्ने ?

देखे पनि नदेखे जस्तो , सुने पनि नसुने जस्तो गरे पछि

कस्तो अचम्म , कस्तो अचम्म ?

सुँगुर फोहरी जनवार भन्ने जान्दा जान्दै

काँधमा बोकेर रथमा राखेर सहरमा

यी सबै दृस्य रुखमा बसेर देखेकी कोइली

मिठो भाका पस्कन छोडेर , गह भरि आँसु भर्दै छिन

सुकेको रुखको हाँगामा बसेर काग काहा काहा

अशुभ ! अशुभ !! अशुभ !!!

प्रतिक्रिया