अपाङ्गमैत्री पुस्तकालय निर्माणार्थ नेपाल जर्नीको तेश्रो फन्ड रेजिंग डिनर डिसेम्बर ८ मा हुने

इनेप्लिज २०७५ भदौ २७ गते १६:२४ मा प्रकाशित

शिक्षा र स्वास्थ्यमा पहुँच पाउन नसकेका नेपालमा रहेका बालबालिकाहरुको लागि सहयोग गर्ने उधेश्यले अमेरिकाको डालसमा २०१५ मा स्थापित गैर नाफामुखी संस्था ‘नेपाल जर्नी’ले आगामी डिसेम्बर ८ गते शनिबार एक फन्ड रेजिंग डिनर आयोजना गर्ने भएको छ। यसअघि पनि सन् २०१६ को अन्त्य र २०१७ को अन्त्यमा विभिन्न योजना पुरा गर्न आबस्यक सहयोग संकलन गर्न फन्ड रेजिंग डिनर कार्यक्रम आयोजना भैसकेको छ । डिसेम्बर ८ गते शनिबार ग्रेपभाइन सिटीस्थित मेरिअट होटेलमा उक्त कार्यक्रम हुने भएको प्रेस रिलिजमा उल्लेख छ ।

प्रेस रिलिज जस्ताको तस्तै :

नेपाल जर्नी नेपालमा गएको भुकम्पको पृष्ठभूमिमा स्थापना भयो । यो जिन्दगीको कुनै भर छैन, पहुँच नभएकाहरुलाई केहि गर्न हामीलाई अवसर नमिल्न पनि सक्छ । जति सकिन्छ, यति बेलै गर्ने हो समाजको लागि, आफु जन्मेको माटोको लागि भन्ने मनमा पलाएर यो संस्था स्थापना भयो । स्थापना भए पनि शुरुमा हामीसंग चाहना त थियो तर साधन, श्रोत र के गर्ने भन्ने योजना समेत थिएन । न त हाम्रो योजना पुरा गर्न कुनै टीम नै थियो ।

जति सकिन्छ त्यति गर्ने योजना अनुसार सानो सानो सहयोगहरु संस्थाले गर्न शुरु गर्यो । शिक्षा नै सबभन्दा महत्वपूर्ण कुरा हो भन्ने ठानेर समस्यामा परेका टुहुरा बालबालिकाहरुलाई पढाउने देखि बिभिन्न ठाउँका बिद्यालयहरुका पुस्तकालयहरुलाई हामीले सहयोग गर्यौं । नेपालमा सक्रिय समाजसेवीहरु र सामाजिक संस्थाहरु मार्फत केहि कामहरु गर्न सफल भयौं । बिस्तारै हाम्रो संजाल बिस्तार हुँदै गयो । अमेरिकाका बिभिन्न सहर देखि नेपाल र नेपाल बाहिर अन्य देशहरुमा समेत हाम्रो अभियानमा सहयोग गर्न चाहनेहरु हामीले भेट्यौ । यसक्रममा २०१६ को अन्त्य र २०१७ को अन्त्यमा शुभचिन्तकहरुको चाहना र हाम्रो नेपालमा अलि सकारात्मक असर पर्ने खालका योजना पुरा गर्न आबस्यक सहयोग संकलन गर्न फन्ड रेजिंग डिनर कार्यक्रम आयोजना गर्यौं ।

बिगतका दुइवटा कार्यक्रमहरुबाट हामीले करिब ५० लाख संकलन गर्न सफल भयौं । तर हामी र हाम्रा सहयोगीहरुको प्रयासले हेटौडामा लाइब्रेरी स्थापना गर्न सफल भयौं जसमा करिव ४५ लाख खर्च भयो । यतिबेला फेरी हामी चितवन जिल्लामा एक सुबिधासम्पन्न अपाङ्ग मैत्री पुस्तकालय निर्माण गर्ने उद्देस्य सहित आबस्यक पुर्बधारहरु निर्माणको चरणमा छौं । उक्त परियोजना सफल पार्न करिव ३ करोड देखि ५ करोडसम्म लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसको लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने बचनबद्धता समेत हामीले पाइसकेका छौं । स्थानीय सरकार, सामाजिक संस्था र दाताहरुसंग समेत हामी छलफलको क्रममा छौं ।

सोहि अभियान सफल पार्न यो बर्ष पनि बिगतमा जस्तै फन्ड रेजिंग डिनर आयोजना गर्ने निर्णय भएर कतिपय काम शुरु भैसकेको समेत जानकारी गराउन चाहन्छौं । यहि डिसेम्बर ८ गते सनिबार ग्रेपभाइन सिटीस्थित मेरिअट होटेलमा उक्त कार्यक्रम गर्न लागिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ । बिगतमा भन्दा पनि भब्य र सभ्य रुपमा उक्त कार्यक्रम सम्पन्न गर्ने हाम्रो लक्ष रहेको छ । तपाईंको उपस्थितिलाई गौरवमय बनाउने प्रतिबद्धता व्यक्त गर्दै सानो संख्यामा भए पनि नेपालका पहुँच बाहिरका बालबालिकाहरुलाई सहयोग गर्ने अभियानमा सहयोगी बन्न डालसबासी सम्पूर्ण समाजसेवी एब सर्बसाधारण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।

प्रतिक्रिया