भाइरल भवानी माताको गुरुको पहिलो अन्तर्वार्ता

इनेप्लिज २०७५ भदौ २९ गते ११:२० मा प्रकाशित
पिएनपिखबर, भक्तपुर। भवानी माता चिउडोमा दारी र कम्मरमा शिव लिङ्ग उत्पत्ति भए देखि माताको रुपमा पुजिदै आएकी छिन्। उनको घरको प्रांगण भरि भक्तजनको भिड हुन्छ।

केहि समय अघि उनले शिव शक्ति नाग देवताको मन्दिर निर्माण गर्ने इक्षा व्यक्त गरेकी थिईन। उनले यो भन्दा अघिल्ला अन्तर्वार्तामा सोहि मन्दिर बनाउन भक्तजनलाई सहयोगको अपिल गरेकी थिईन। भक्तजन कै धेरथोर सहयोगमा उनको मन्दिर बनाउने इक्षा पूर्ण भएको छ।

भर्खरै मात्र उनले मन्दिरको उद्घाटन गर्दै कलश यात्रा समेत सम्पन्न गरेकी छिन्। उक्त कलश यात्रा पश्चात उनको घरमा पुजा अर्चना गरिएको थियो। ,मन्दिर उद्घाटन सहित उनले महाभाग्वत सप्ताह पनि लगाएकी छिन्। उनको सात पुस्ताले नगरेको काम उनले गरेकोमा उनी निकै खुसि छिन्।

उनले भनिन् ,’आजको दिन मेरो लागि एकदम खुसिको दिन हो। म सँगसँगै मेरा शक्ति, मेरा परात्मा, कुलपित्री सबै आज नाचेका छन्। ‘ उनी अन्न प्रसान गर्दिनन। उनले आफ्नो जीवनमा उसिनेको आलु, फलफुल खाएर जीवन गुजारेको निकै लामो समय भइसकेको छ। तर उनी आफु एकदम फुर्तिलो भएको र आफुलाई कुनै गार्हो नभएको बताउछिन्।

१३ वर्षको उमेरमा उनले कन्ठी बानेकी थिईन त्यसैले उनले आफ्नो जीवनको पहिलो गुरु श्री कृष्ण सापकोटालाई मानेकी छिन्। आफ्ना गुरु कै मुखारविन्दुबाट उनले महायज्ञ पुराण कथा वाचन गर्न निमन्त्रण गरेकी हुन्।

उनका गुरु भन भन्छन् ,’नाग देवता शिवशक्तिले ओतप्रोत भएको यस ठाउमा महायज्ञको भागवत भइरहेको छ। सम्पूर्णले सुन्दिनुहोला आइदिनुहोला।’ उनले जानकारी दिए अनुसार यस महायाज्ञ सप्ताहमा अहिले सम्मकै नसुनाईएका कथा सुनाइने छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया