लण्डनमा तरवारसहित आक्रमण गर्ने एक व्यक्ति पक्राउ

इनेप्लिज २०८१ वैशाख १८ गते १०:३० मा प्रकाशित

बेलायत लण्डनमा तरवारसहित आक्रमण गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । एबिसीन्यूजका अनुसार लण्डन ट्युब स्टेसन (चौकी) नजिकै धेरै व्यक्तिलहरुलाई तरबार प्रहार गरेपछि तरवारसहित एक व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

पूर्वी लन्डनमा एक घरमा कार (निजी सवारी साधन )चलाएर बाहिर निस्कनु अघि मानिसहरुलाई तरवारले आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।

यो घटना स्थानीय समय अनुसार बिहान ७ बजे भएको थियो जब लन्डनको महानगर प्रहरीलाई पूर्वी लन्डनको हेनल्टमा “गम्भीर घटना” को लागि सतर्क गराइएको थियो।

संदिग्धले मानिसहरु सहित दुई प्रहरी अधिकारीहरूलाई आक्रमण गर्न गएको प्रहरीले बताए । प्रहरीले घटनास्थलबाट ३६ वर्षीय पुरुषलाई पक्राउ गरेको र अहिले प्रहरी हिरासतमा रहेको पुष्टि गरेको छ ।

अधिकारीहरूले तत्काल आक्रमणमा संलग्न पीडितहरूको संख्या वा उनीहरूको स्वास्थ्य अवस्था बारे जानकारी नगराएको एबिसीन्यूजले जनाएको छ ।

अनुसन्धान अहिले जारी छ र प्रहरी अधिकारीहरूले थप जानकारी उपलब्ध भएपछि छुरा प्रहार बारे थप जानकारी जारी गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया