रुसी आक्रमण सुरु भएयता पहिलो पटक बेलायती शाही परिवारको सदस्यद्वारा युक्रेन भ्रमण

इनेप्लिज २०८१ वैशाख १८ गते १०:५२ मा प्रकाशित

रुसी आक्रमण सुरु भएयता पहिलोपटक बेलायती शाही परिवारका सदस्यले युक्रेनको भ्रमण गरेका छन् ।

डचेस अफ एडिनबर्ग सन् २०२२ मा रुसको आक्रमणपछि युक्रेन भ्रमण गर्ने बेलायती शाही परिवारको पहिलो सदस्य बनेको बकिङ्घम दरवारले सोमबार घोषणा गरेको छ।

सोफी एडिनबर्गकी डचेस ( राजकुमारीकि पत्नी )जो राजा चार्ल्सका कान्छो भाइ राजकुमार एडवर्डकी पत्नी हुन् । द्वन्द्व-सम्बन्धित यौन हिंसा र यातनाबाट बचेकाहरूप्रति आफ्नो ऐक्यबद्धता देखाउन सोमबार युक्रेनको यात्रा गरेकी हुन् ।

बकिङ्घम दरवार (प्यालेस)का अनुसार सोफीले द्वन्द्व-सम्बन्धित यौन हिंसा र यातनाबाट बाँचेका र रुसद्वारा जबरजस्ती परिवारबाट अलग्गिएका बालबालिकाहरूलाई भेटिन ।

यहाँ र संसारभरका बाँचेकाहरूले आफ्ना अनुभवहरूको बारेमा धेरै साहसका साथ बोलेका छन्, उनले भनिन । उनले अगाडी भनिन हामीले बाँचेकाहरूलाई कहिल्यै बिर्सनु हुँदैन ।

प्रतिक्रिया