बेलायतमा प्रसिद्ध १५० वर्ष पुरानो रुख काटे पछि २ जनालाई अभियोग

इनेप्लिज २०८१ वैशाख १९ गते १०:५३ मा प्रकाशित

बेलायतमा ह्याड्रिन्स वाल नजिकैको प्रसिद्ध १५० वर्ष पुरानो रुख काटेको आरोपमा २ जनालाई अभियोग लगाइएको छ ।

उत्तरी बेलायत )इङ्गल्याण्ड)मा गत वर्ष ह्याड्रिनको पर्खालमा ढलेको १५० वर्ष पुरानो साइकमोर ग्याप रूख काटेको आरोपमा दुई जनालाई अभियोग लगाइएको अभियोजनकर्ताहरूले मंगलबार घोषणा गरेका छन् ।

यसै क्रममा ३८ बर्षिय डेनियल ग्राहम तथा ३१ बर्षिय एडम कारुथर्सलाई आपराधिक क्षति पुर्‍याएको र रोमन साम्राज्यको उत्तरपश्चिमी सिमानाको रक्षा गर्न सम्राट हेड्रिनले एडि १२२ मा बनाएको पर्खाललाई क्षति पुर्‍याएको आरोप लगाइएको छ ।

उनीहरुलाई मे १५ मा न्युक्यासल म्याजिस्ट्रेटको अदालतमा हाजिर हुन आदेश दिइएको छ ।

केभिन कोस्टनरको १९९१ बनाएको चलचित्र “रोबिन हुड: प्रिन्स अफ थिव्स” मा चित्रित गरे पछि युनेस्कोको विश्व सम्पदा स्थलमा यसलाई राखिएको एबिसीन्यूजले जनाएको छ ।

प्रहरीले जानाजानी तोडफोड गरेको भन्दै दोषी पत्ता लगाउन खोज्दा रातिको समयमा भएको कटानले व्यापक आक्रोश मच्चाएको थियो ।

ग्राहम र कारुथर्सलाई गत अक्टोबरमा गिरफ्तार गरिएको थियो र जमानतमा रिहा गरिएको थियो । उनीहरूविरुद्ध अभियोग लगाउन अधिकारीहरूलाई छ महिनाभन्दा बढी समय लाग्यो।

प्रतिक्रिया