अमेरिकी विदेशसचिव एन्टोनी ब्लिन्केनद्वारा हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न दबाब

इनेप्लिज २०८१ वैशाख १९ गते ११:११ मा प्रकाशित

अमेरिकी विदेशसचिव एन्टोनी ब्लिन्केनद्वारा हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न दबाब दिएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधवार इजरायलमा उच्च स्तरीय वार्ताको अर्को चरण सुरु गरेका छन् । उनले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइ सम्झौता स्वीकार गर्न दबाब दिन खोजिरहेको सिएनएनले जनाएको छ ।उनले रफाहमा इजरायली सैन्य आक्रमणलाई रोक्न खोजिरहेका समेत सिएनएनले जनाएको छ ।

शीर्ष अमेरिकी कूटनीतिज्ञ ब्लिन्केन गत मङ्गलबार तेल अवीव आइपुगे । उनि साउदी अरेबिया र जोर्डनको यात्रा सके पछि उनि त्यहा आएका हुन् ।

हमासको अक्टोबर ७ आक्रमण पछि यस क्षेत्रमा आफ्नो सातौं चरणको कूटनीति वार्ता समाप्त गर्दै उनि फर्केका हुन् । उनले जेरुसेलममा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग द्विपक्षीय बैठक गरेका छन् ।

“हामी युद्धविराम प्राप्त गर्न कटिबद्ध छौं र बन्धकहरूलाई घर ल्याउन चाहन्छौ ,” ब्लिन्केनले इजरायली राष्ट्रपति इसाक हर्जोगसँगको भेटमा भने ।

हमासको कारणले यो वार्ता हासिल हुन नसक्ने एकमात्र कारण भएको उनले बताए ।

“हामीले गाजामा पीडित भएका मानिसहरूमा पनि ध्यान केन्द्रित गर्नुपर्दछ,” उनले भने । “उनीहरूलाई आवश्यक पर्ने सहयोग, खाना, पानी, औषधि, आश्रयमा ध्यान केन्द्रित गर्न आवश्यक छ।”

इजरायलले ब्लिन्केनले सोमबारलाई “असाधारण उदार” प्रस्तावको रूपमा प्रस्तुत गरेपछि युद्धविराम र हमासद्वारा बन्धकहरूलाई रिहा गर्ने सहमतिमा पुग्ने सम्भावनाको बारेमा अमेरिकी अधिकारीहरूले केही आशावादी संकेत गरेका छन्।

प्रतिक्रिया