अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको र्‍याली

इनेप्लिज २०८१ वैशाख १९ गते ११:२५ मा प्रकाशित

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले र्‍याली निकालेको छ ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्‍याली निकालेका हुन् ।

ठमेल सञ्चय कोष अघिबाट सुरु भएको र्‍याली दरबारमार्ग, रत्नपार्क, सहिदगेट, सुन्धारा हुँदै पुन शान्तिबाटिका आइपुगेको हो ।

यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ ।

यो दिवस हरेक वर्ष मे १ तारिकका दिन विश्वभर मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया