सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: १८:४२ | Washington DC: 07:57
समाचार

खानीजन्य उद्योगमा लगानी गर्न आग्रह

काठमाडौँ, ३० पुस । सरकारले खानी तथा खानीजन्य उद्योगको विकास तथा प्रवद्र्धनमा ग्रिल तथा स्टिल क्षेत्रमा काम गर्दै आएका उद्योगी तथा व्यवसायीलाई  प्रोत्साहन गर्ने भएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घद्वारा आयोजित दर्ता तथा...

राष्ट्रपति डा यादवसँग संविधानसभा अध्यक्षको भेट

काठमाडौँ, ३० पुस । राष्ट्रपति डा रामवरण यादवसँग संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँहरुबीच भएको भेटवार्तामा संविधान निर्माणमा सहमतिका लागि भइरहेको प्रयास र संविधान लेखनको प्रगतिबारे केन्द्रित...

संविधानसभाकोे बैठक स्थगित

काठमाडौँ, ३० पुस । संविधानसभाको भोलि माघ १ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ । संविधानसभाको मङ्गलबार बसेको बैठकले अर्को बैठक भोलि १ बजे बस्ने गरी तय गरेको थियो ।...

‘राष्ट्रिय कविता महोत्सव–२०७१’ माघ २५ गते

काठमाडौँ, ३० पुस । विभिन्न कारणले स्थगित भएको ‘राष्ट्रिय कविता महोत्सव–२०७१’ आउँदो माघमा हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रत्येक वर्ष असार ९ गते आयोजना गर्दै आएको सो महोत्सव माघ २५...

गोरु जुधाउने पर्वलाई अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका रुपमा लिनुपर्ने

काठमाडौँ, ३० पुस । हरेक वर्ष नुवाकोटको तारुका तथा रसुवा र नुवाकोटको सिमाना स्थल वेत्रावतीमा गोरु जुधाएर परापूर्वकालदेखि मनाइने पर्व स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा गोरु जुधाएर...

नक्कली शैक्षिक प्रमाणपत्रका एक हजार सातसय उजुरी अख्तियारमा

काठमाडौँ, ३० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतासँगै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी निकायमा जागिर खाने एक हजार सातसय कर्मचारीविरुद्ध आयोगमा उजुरी परेको छ । सबैभन्दा बढी शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको...

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, ३० पुस । राष्ट्रपति डा रामवरण यादवसँग संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपालको समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रसङ्घीय शान्ति सेनामा रहेर नेपाली...

समयमै परीक्षाफल प्रकाशन नहुँदा विद्यार्थी तथा अभिभावकमा निराशा

काठमाडौँ, ३० पुस । समयमा नै परीक्षाफल प्रकाशन नहुने क्रम बर्सेनि बढ्दै जाँदा विद्यार्थी तथा अभिभावकमा निराशा बढ्न थालेको छ । देशकै पुरानो तथा ठूलो त्रिभुवन विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीको ढिलासुस्ती हुने क्रमले विगत लामो...

कपिलवस्तुका एक गाविस सचिवलाई विभागीय कारबाहीको निर्देशन

तौलिहवा (कपिलवस्तु), ३० पुस । नियम मिचेर काम गरेको आरोपमा कपिलवस्तु प्रशासनले एक गाविस सचिवलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रशासनले गाउँमै गर्नुपर्ने गाविस परिषदको बैठक सदरमुकाममा गरेपछि बिजुवा गाविसका सचिव अयोध्याप्रसाद विश्वकर्मालाई विभागीय...

नौ फरार अपराधी पक्राउ

तुलसीपुर (दाङ), ३० पुस । राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले फरार नौजना अपराधीलाई पक्राउ गरेको छ । जिल्ला अदालत दाङ र जिल्ला अदालत प्यूठानले विभिन्न मुद्दा तथा अपराधमा संलग्न ती व्यक्तिलाई विभिन्न मितिमा कैद र...
फेसबुकमा हामी