शनिबार, भदौ २ २०७५ | Sat, August 18, 2018
नेपालको समय: ०६:०५ | Washington DC: 20:20
खेलकुद

प्राप्ताङ्क बढेपनि नेपाल विश्व बरियतामा एकस्थान घटुवा

काठमाडौँ, २६ चैत । विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । नेपाल अहिले १८१ औँ स्थानमा छ, गत महिना १८० औँ बरियतामा थियो । बरियतामा...

राष्ट्रिय लिग फुटबल: एपिएफले प्रहरीलाई हरायो

काठमाडौँ, २५ चैत । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले नेपाल प्रहरी क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरिस्थत दशरथ रङ्शाला मैदानमा भएको खेलमा एपिएफले प्रहरीमाथि २–०...

कराते खेलाडी सम्मानित

काठमाडौँ, २५ चैत । दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ११औँँ संस्करणको खेलमा रजत पदक हासिल गरेकी कराते खेलाडी अनु अधिकारी नगदसहित सम्मानित भएकी छन् । स्वयम्भूस्थित हाइड एन्ड सिक किन्डरगार्टेन, सानो भर्‍याङले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा...

अष्ट्रेलियासँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं,चैत २४ । आगामी शनिबार राजधानीमा हुने अष्ट्रेलिया र नेपालबीच हुने ६३ ओभरको खेल खेल्नका लागि दुबै टिमको घोषणा भएको छ। बलले लागेर मृत्यु भएका अष्ट्रेलियाली ब्याट्सम्यान फिलिप हृयुजप्रति श्रद्धान्जली दिनका लागि खेलिन लागेको...

क्रिकेट खेललाई टेलिकमको साथ

काठमाडौँ, २३ चैत । नेपाल टेलिकमले राष्ट्रिय सिनियर पुरुष र महिला टोली वार्षिक रु ८५ लाख बराबरको प्रायोजन गरेको छ । नेपाल टेलिकमद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्विप्रसाद आचार्य र नेपाल...

आइपीएलमा खेलाडीहरुको सुरक्षाको जिम्मा ७ जना नेपालीलाई

काठमाडौं, १९ चैत ।भारतका विभिन्न सहरमा आगामी अप्रिल ८ देखि सुरू हुन लागेको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा खेलाडीहरुको सम्पूर्ण सुरक्षा जिम्मा ७ जना नेपालीले पाएका छन्। ७ मध्ये ५ जना नेपाली सेनाका पूर्वअधिकृतहरु रहेका...

खेलाडी सम्मानित

काठमाडौँ, १८ चैत । माछापोखरीस्थित सिटी ह्रिट एकेडेमी स्कुलले प्रथम विश्व मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत उमा कुङफुतर्फ स्वर्णपदक जित्न सफल खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा गत फागुन २८ देखि चैत ८ गतेसम्म...

युरोकप फुटबलको छनोट खेलमा जर्मनी, पोर्चुगल र स्कटल्याण्ड विजयी

काठमाडौ, १६ चैत ।अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबल छनौट अन्तर्गत गएराती भएका खेलहरुमा जर्मनी, पोर्चुगल र स्कटल्याण्ड विजयी भएका छन् । समूह डीको खेलमा विश्व विजेता जर्मनीले जर्जीयालाई २-० ले हरायो । यही समुहको...

पहिलो अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप चैत १९ र २० मा

काठमाडौँ, १७ चैत । बाल वातावरण केन्द्र, नेपालको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप यसै साता सञ्चालन हुने भएको छ । केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही चैत १९ र २० गते सञ्चालन गरिने...

एएफसी च्याम्पियनसिप: नेपाल प्यालेस्टाइनसँग भिड्ने

काठमाडौँ, १६ चैत । एसियाली फुटबल महासङ्घ (एएफसी) २३ वर्षमुनिका खेलाडी सम्मिलित एएफसी यु–२३ छनोट च्याम्पियनसिपअन्तर्गत नेपाली टोलीले आफ्नो अन्तिम खेलमा प्यालेस्टाइनको सामना गर्ने भएको छ । इरानको राजधानी तेहरानस्थित साहिद दास्टगेरडी रङ्गशालामा नेपालले मङ्गलबार...
फेसबुकमा हामी