लिस्वन, नेपाली जनसम्पर्क समिति पोर्चुगल को चौथो अधिबेशनको अवसरमा राजधानी लिस्वन कांग्रेसमय हुने भएको छ l अधिवेशनमा भाग लिन नेपाली कांग्रेसका नेता गगन थापा, धनराज गुरुङ तथा अर्जुन कुमार जोशी लगायत जनसम्पर्क समिति युरोपका पदाधिकारी र युरोपका विभिन्न देशका समितिका अध्यक्ष, पदाधिकारी तथा महासमिति सदस्य एबं महाधिवेशन प्रतिनिधिहरुको कुम्भ मेला लाग्ने भएको छ l १ फेब्रुवरी का लागी तय गरिएको महाधिवेशनमा भाग लिन कांग्रेसजनहरु लिस्वन आउन लागेका हुन् l
सन् २००६ मा स्थापित समिति पोर्चुगलको नियम कानुन अनुसार दर्ता गरिएको एक अग्रणी संस्था हो l सांगठनिक तथा संख्यात्मक दृष्टिकोण ले समेत बलियो मानिएको यस संस्थाको नयाँ नेतृत्व के कस्तो हुने भन्ने चासो पोर्चुगलका आम नेपाली माझ रहेको छ l
समितिले नेपालमा भैपरी आउने दैवी बिपत्तिमा सहयोग, परोपकारी सहयोग, पोर्चुगलका नेपालीहरुका समस्यामा प्रभावकारी भूमिका खेल्दै आएको छ l सम्भवत युरोपमै पहिलो रक्तदान कार्यक्रमको आयोजना गरि महान मानवीय सहयोग का लागी समर्पित यो संस्था ले पोर्चुगलमा २ पटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ l साथै नेपालका लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेस पार्टी लाई सहयोग एबम एक्यबद्धता जनाउदै आएको छ l
यसअघि समितिले विभिन्न समयमा आयोजना गरेका कार्यक्रमहरुमा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, सुजाता कोइराला, आरजु देउवा, प्रकाशशरण महत, अर्जुन जोशी लगायतका नेताहरुले सहभागिता जनाईसकेका छन् l
सन् २००६ को संथापना काल देखि २ कार्यकाल संस्थापक अध्यक्ष पूर्ण हमाल र तेस्रो अधिवेशन मार्फत लक्ष्मि प्रसाद सापकोटाले नेतृत्व गर्दै आएका छन् l हाल सम्मका दुवै नेताहरु यसअघि गैर आवाशीय नेपाली संघ पोर्चुगलको अध्यक्ष समेत भईसकेका छन l
यसअघिका अधिवेशन बाट सहमतिका आधारमा नेतृत्व चयन भएको भएता पनि अध्यक्ष लगायत पदाधिकारी का लागी कांग्रेसजनहरुका माझ तछाडमछाड चाही भएकै हो l पोर्चुगलका कांग्रेसीहरुले युरोपका अन्य देशहरुमा जस्तो नेतृत्वको लागी निर्वाचनमा भने गएका छैनन l कांग्रेस केन्द्र देखी गाउ सम्म देखिदै आएको गुटबन्दीको रोग भने यहाँ हाल सम्म देखिएको छैन l
पोर्चुगल कांग्रेसको नेतृत्वको लागी बर्तमान उपाध्यक्ष, महामन्त्री, पूर्व उपाध्यक्ष तथा सल्लाहकार समेत आकांक्षी देखिएता पनि बर्तमान अध्यक्ष सापकोटा लाई नै निरन्तरता दिने सम्भावना बढ्दै गएको छ l त्यस्तै अध्यक्ष बाहेकका पदाधिकारीहरुको लागी पनि आकांक्षीहरु त्यतिकै धेरै देखिएका छन् l
समितीमा कार्यरत र नयाँ समेटेर आगामी कार्यसमिति चयन गर्ने बिषय नेतृत्वको लागि त्यति सहज देखिदैन l सबै समेटिने गरि समावेशी कार्य समिति चयन गर्नु चुनौतीको बिषय नै हो l नेतृत्वले जिम्मेवारी पूर्वक सहि र सम्मानजनक निर्णय नगरेको खण्डमा अन्य देशमा झैँ पोर्चुगल कांग्रेस पनि गुट, फुट र उपगुट को शिकार बन्न सक्छ l
केन्द्रले तोके अनुसार सक्रिय सदस्य बनाउन सकेको खण्डमा तिन महासमिति सदस्य र चार महाधिवेशन प्रतिनिधि छनौट गर्ने हैसियत जनसम्पर्क समिति पोर्चुगल ले राख्दछ l त्यसैले यो अधिवेशन झनै अर्थपूर्ण रहेको बताउछन् कांग्रेसजनहरु l कांग्रेस महाधिवेशनमा मतदान गर्ने अधिकार रहने महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छनौट पनि कम चुनौतीपूर्ण छैन l
अधिवेशनमा स्थानिय कलाकारहरु द्धारा बिशेष सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने जानाकारी गराउदै अध्यक्ष सापकोटा ले अधिवेशन भव्यता पूर्वक सम्पन्न गर्न पोर्चुगलबासी लोकतन्त्रप्रेमी नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् l
पोर्चुगलको अधिवेशन समापन पश्चात सोही दिन जनसंपर्क समिती युरोपको बिस्तारित बैठक एबम युरोप स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रम पनि रहेको छ l नेपाली कांग्रेसको १३औ महाधिबेसनमा युरोप समितिको तर्फबाट अधिकारिक प्रतिनिधित्व गराउन साथै जनसंपर्क समितिहरुको सस्थागत बिकासको लागि नेपाली कांग्रेसको बिधानमा परिवर्तनका लागि आवश्यक पहल गर्न सामुहिक लिस्बोन घोषणा पत्र जारी गर्न युरोप महादेश भित्रका सबै जनसंपर्क समितिका अध्यक्षहरु,महासमिती सदस्य तथा महधिबेसन प्रतिनिधिहरुको उपस्थिति रहने युरोपका महामन्त्री गंगाधर गौतमले बताएका छन् l
प्रतिक्रिया