”उद्धारका लागि म्याराथुन दौडमा सहभागी हुँदै कल्पना ”

इनेप्लिज २०७१ फागुन १२ गते ११:३७ मा प्रकाशित

sunita 1

काठमान्डू फागुन १२,

सुनिता राई : विभिन्न कारणले नेपालबाट भारतमा बेचिन पुगेका नेपाली चेलीहरुको उद्धारका लागि कल्पना लिम्बुले लण्डनमा हुन लागेको ४२ किमी म्याराथुन दौडमा सहभागीता जनाउने भएकी छन् । उक्त म्याराथुन दौड यहीं आउँदो अप्रिल महिनाको २६ तारिक २०१५ मा हुन गैरहेको हो ।

उक्त म्याराथुन दौड च्यारिटीको रुपमा जानेछ तसर्थ सम्पूर्ण सहयोगी मनहरुलाई स्वैच्छिक सहयोगको हार्दिक बिनम्र अनुरोध छ । असहायहरुको सहयोग नै परम धर्म हो । सहयोगीहरुको सहयोग ‘The Esther Benjamins Trust’ मार्फत उक्त कल्याणको कार्यमा शिधै जानेछ । यतिखेर कल्पना University of Exeter मा अभ्यासरत छिन् उक्त दौडमा भाग लिनका लागि ।

कल्पनाले यस अघि पनि ब्रुनाईको राष्ट्रिय स्तरको दौडमा पुरस्कार प्राप्त गरिसकेकी छन् । लन्डन स्थित धेरै संघ संस्थाहरुले कल्पनाको यस परोपकारी साहसलाई साथ् र समर्थन जनाएका छन् ।

मानव बेचबिख बिरुद्ध उनको यो आवाज नेपाली पुगेका जुनसुकै कुनामा पुग्नुपर्छ । विशेष यस्ता बाध्यत्मकारी तस्करको अन्त्य हुनुपर्छ त्यसको लागि समाजमा रहेका हामी सामाजिक अंगहरु नै सचेत हुनु आबस्यक छ । लन्डनमै स्नातकोत्तर प्रथम तहमा अध्यनरत कल्पनाले स्वदेशमा भै रहने त्यस्ता अमानवीय कार्य प्रति उठाएकी परोपकारी आजलाई हामी सबैले साथ दिउ ।

sunita 2

कल्पना लिम्बुलाई सहयोग गर्नको लागि कृपया मुनि दिइएको लिंकमा क्लिक गरेर जानुहोला :
 www.virginmoneygiving.com/nepalichildren

प्रतिक्रिया