भ्रष्टाचार विरूद्घको अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिता

इनेप्लिज २०७१ फागुन २७ गते ७:०२ मा प्रकाशित

हेम सरिता पाठक फाउण्डेसनले विश्वब्यापी खुल्ला भ्रष्टाचार विरूद्घको अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिताको आयोजना गरेको छ | पुरस्कारको राशी एक हजार यु. एस. डलरको हुनेछ | प्रतियोगितामा भाग लिन रचना पठाउने नियम यस प्रकार छन्ः

१. आफ्नो कविता इमेल मार्फत पठाउनु पर्नेछ ।

२. कविता टाइप गरेको हुनुपर्नेछ ।

३.कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ ।

४. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र
अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वतः अस्वीकृत हुनेछन् ।

५. एकजना कविले एउटा मात्र कविता पठाउन सकिने छ | एक भन्दा बढी आएका कविता स्वतः
बदर हुनेछ ।

६. कविता कान्तिपुर, प्रिती या मंगल फन्टमा मात्र पठाउनु पर्नेछ ।

७. कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय,
पासपोर्ट साइजकने फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ ।

८. प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरूमा संम्प्रेषण भएको वा
पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वतः अस्वीकृति गरिने छ ।

९. प्रतियोगिताको लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत
अस्वीकृति हुनेछ ।

१०. प्रतियोगितामा ८.९ र १० कक्षामा अध्धयनरत बिद्यार्थीहरुले मात्र सहभागी हुन् सक्नेछन् |

११. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आइ अन्तिम निर्णय संयोजकको रहने छ ।

१२. कविता प्राप्त हुनुपर्ने अन्तिम दिन ३० चैत २०७१ (१३ अप्रिल २०१५)

१३. पुरस्कारहरूः प्रथम, दोस्रो र तेस्रो क्रमशः नगद .५००, ३०० र २०० यु.एस.डलर (प्रमाणपत्र सहित) हुनेछ ।

उत्कृष्ट ५१ कविताको संग्रह प्रकाशित गरिनेछ ।

सम्पर्कः
Email : [email protected]
Skype : lekali.radheshyam15
Phone No : 9851059354

आयोजकः
हेम सरिता पाठक फाउण्डेसन

भवदीय,
राधेश्याम लेकाली
संयोजक
भ्रष्टाचार विरूद्घ बालकविता प्रतियोगिता तयारी समिति

प्रतिक्रिया