अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आदरणीय बोर्ड अफ ट्रष्टीका सदस्यज्यूहरू,
केन्द्रीय कार्य समितिका पदाधिकारीज्यूहरू,
सम्पूर्ण च्याप्टरका पदाधिकारीज्यूहरू तथा आजीवन सदस्यज्यूहरू,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिले प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको
संयोजकत्वमा डा. विद्याराज सुवेदी र धनीराम सापकोटा सदस्य रहेको अनेसास विधान संशोधन
सुझाव समिति गठन गरेको कुरा यहाँहरूलाई अवगतै छ । अनेसासको हाल विद्यमान विधानलाई
समय सापेक्ष हुने गरी संशोधन–परिमार्जन गर्ने कार्यमा यस संस्थासँग सम्बद्ध तपाईंहरू सबैको
भूमिका महत्वपूर्ण भएकाले आवश्यक सुझावको अपेक्षा गरिएको छ ।
अनेसासको हालको विधानमा कुन धारा, दफा, उपदफा आदिमा के संशोधन गर्नु आवश्यक छ भन्ने
कुरा उपयुक्त कारणसहित २०१५ मार्च ३१ (२०७१ साल चैत १७) भित्र सुझाव पठाइदिनुहुन हार्दिक
अनुरोध गर्दछौँ । यस कार्यमा तपाईंहरूको सक्रिय सहभागिता र सहयोग रहने कुरामा हामी
विश्वस्त छाँ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विधान यसै साथ संलग्न छ ।
यससम्बन्धी थप कुरा व्यक्तिगत रूपमा बुझ्न आवश्यक भए निम्नलिखित व्यक्तिहरूसँग सोझै
सम्पर्क गर्न सकिने बेहोरासमेत अनुरोध छ /
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल (संयोजक) email : drkhalu@yahoo.com
फोन : ९८४१२७१२२९/ ०१४३३२१७८ (त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, नेपाल)
डा. विद्याराज सुवेदी (सदस्य) email : bidya.subedi3@gmail.com
धनीराम सापकोटा (सदस्य) email : drsapkota@gmail.com
फोन : ५६१ ९०९ ८५३० (अमेरिका)
फोन २०१ ७७९ ६३९४ (अमेरिका)
सन् २०१५ मार्च ४,२०७१ फागुन २०
-गोवर्धन पूजा
महासचिब , अनेसास केन्द्र
gsecretary @inls.org
५०८-८४०-५८७४
प्रतिक्रिया