लण्डन ८ साउन । बेलायतमा रहनुभएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु
नमस्कार !
गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन) सँस्थाको विधान र मूल्य मान्यता विपरित पदीय बाँडफाँड चक्रिय प्रणालीमा चलिरहेको छ । यो अवैधानिक र लुछाचुँडिको विरोध गर्दै सँस्थाभित्र भईरहेको विभिन्न नकारात्मक क्रियाकलापहरुको विरुद्घ नेपाली युवा समुह, बेलायतले बाराम्बार उठाईरहेको आवाजलाई संस्थाले बेवास्ता गर्दै आईरहेको यहाँहरुलाई सर्वविदितै छ ।
गत २१ फेब्रुवरी २०१५ को विषेश साधारण सभामा सँस्थाका कुनै सदस्यहरुलाई जानकारी नगराई षड्यन्त्रपूर्ण ढंगले महेन्द्र कँडेललाई अध्यक्षको पद हस्तान्तरण गर्ने योजना बनेको देखियो । साधारणसभाको कुनै एजेण्डा नभएको र प्रतिबेदनमा समेत उल्लेख नगरिएको यस्तो कदम बन्दसत्रमा अचानक आयो । फलस्वरुप साधारणसभामा उपस्थित सम्पूर्ण सदस्यहरुले प्रतिकार जनाउनु परेको थियो । यसै कारण तत्कालीन अध्यक्ष, महासचिब र सचिबले राजिनामा दिनु परेको थियो । यस्तो अवस्थामा सँस्था कायम रहिरहने स्थिति थिएन । विधानत समिति विघटन भएको थियो तर नयाँ समिति निर्माण भइसकेको थिएन ।
विवाद टुङ्गो नलागे पछि रातको ११ बजे प्रहरीले हस्तक्षेप गर्दै सभा विथोलिएको थियो । त्यसपछि अधिकांश सदस्यहरु कार्यक्रम स्थगित भएको भन्दै आ–आफ्नो घरतिर लागे । यता कंडेलले भने सभास्थलनजिकैको नेपाली भट्ठिपसलमा कोदोको तीनपाने पिउँदै कोठे बैठ्क बसी, आफैँलाई अध्यक्ष घोषिणा गर्दै आफुखुशी समिति बनाएछन् । जुन कुरा भोलिपल्टमात्र थाहा भयो । विडम्बना केन्द्रबाट आएका प्रतिनिधि कुमार पन्तले पनि उनैलाई टिका लगाई दिएछन् । यही भएर अहिले त्यसी समितिलाई वैधानिक भनिँदै छ ।
सदस्यहरुको आँखा छलेर स्वेच्छाचारी ढंगले गरिएको यस्तो निर्णयप्रति बेलायतेबासी नेपालीहरु आन्दोलिन छन् । कंडेलले पैसाको आँडमा आफूलाई अध्यक्षपदको लागि स्वीकार गराएको चर्चा चलिरहेको छ । कंडेलले आफू अध्यक्ष बन्न त्यसबेलादेखि नै षड्यन्त्र गरेका थिए । सभामा बृटिश गोर्खाहरूलाई जान नदिन उनले निकायको प्रमुखलाई समेतफोन गरेको फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्तीभएको छ ।
यस्ता विविध विषयहरुमा विगतदेखि नै नेपाली युवा समुह, बेलायतले बारम्बार प्रश्न उठाईरहेको छ । तर हाम्रो उचित आवाजलाई बेवास्ता गरी एनआरएन बेलायतले कुनै सुनुवाई गरेको छैन । अझ अघि त्यही समितिले लाजपचाउदै आगामी सेप्टेम्बरमा छैटौ अधिवेशनको घोषणा गरेको छ । छैटौ अबिधेशनका लागि सदस्यता नबिकरण गर्न सोझासाझा बेलायतबासी नेपालीहरुलाई लठ्याउन संस्थाका केहि पदाधिकारीहरुले अर्कै विधि अपनाएर नयाँ व्यवस्था लागु गरिएको भन्दै फेरि ठगि गर्न चहलपहल सुरु गरेका छन् । जुन हामीलाई स्वीकार्य छैन ।
एनआरएन बेलायतभित्र आर्थिक अनियमिता भएपछि यस संस्थाको खाता नै बन्दभएको अवस्थामा कसरी सदस्यता नबिकरण हुन्छ? नबिकरण शुल्क कुन खातामा जम्मा गर्ने? कि विगतमाझै फेरी पनि हिनामिनाहुन दिने ? त्यसैले बेलायतबासी सम्पुर्ण जनमासमा सदस्यता नबिकरण गर्नुको औचित्य नरहने कुरा नेपाली युवा समुह बेलायतले जानकारी गराउँछौं । संस्थामा आर्थिक अनियमिता भएको बारे कुनै छलफल वा छानविन हुँदैन भने, विधि र विधानको कुनै हैक्का गरिंदैन भने त्यस्तो अवस्थामा बेलायतमा रहने नेपाली समुदायलाई त्यो मान्यहुने छैन ।
बेलायतको विशेष साधारण सभा–२०१५ को अध्यक्ष मण्डलले संस्थाभित्र विद्यमान आर्थिक पारदर्शीता सम्बन्धि विभिन्न प्रश्न उठिरहेको सन्दर्भलाई मध्यनजर राख्दै संस्थाको आर्थिक पक्षमाथि आवश्यक छानविन समिती गठन गरेको थियो । सत्यतथ्य रिपोर्ट पेश गर्न एनआरएन बेलायतका बरिष्ठ सल्लाकार कमल गुरुङको
संयोजकत्वमा राष्ट्र राई उपसंयोजक रहेको आर्थिक छानविन समितिले आर्थिक विवरण तयार पारी प्रस्तुत गर्न बोलाउँदा विवादमा होमिएका महेन्द्र कँडेल र कुल आचार्य आफँै उपस्थित भएनन् । यसबाट उनीहरु पंन्छिन खोजेको स्पष्ट हुन्छ । त्यस्तो अवस्थामा प्रतिवेदनले औल्याएका विषयहरु स्वीकारर्नुको सट्टा उनीहरु उल्टै विवरण सहि छैन’ भन्ने आरोप लगाईरहेका छन् । के यसरी आर्थिक छानविन समितीको विवरणलाई उलङघन गर्न मिल्छ ? आफ्नो अनुकुल हुँदा ठीक हुने अनि आफूले गरेका कर्तुतहरु सार्वजानिक हुने भएपछि गलत हुने यो कस्तो तर्क हो ? यदि छानविन समितिको प्रतिवेदनमाथि विश्वास छैन भने छानविन समिती गठन गर्नुको औचित्य के थियो ?
यस्तो परिस्थितीमा समस्याहरुको समाधान गर्नुको सट्टा सँस्था आर्थिक पारदर्शीता विना अझै पनि अबैधानिक र अनैतिक ढंगमा नै चल्छ भने अब नेपालीयुवा समुह बेलायत चुप बस्ने छैन । हामी विभिन्न सामाजिक संघ संस्थाहरुहरुलाई एनआरएन बेलायतलाई वैधानिक र आर्थिक पारदर्शीतासहित अघि बढउनका लागि पहल गर्न आग्रह गर्दछौँ । साथै आवश्यक परे सँस्थालाई नयाँ ढंगले पुर्नगठन गरि प्रकृयागत रुपमा अधिवेशन घोषणा गरेर नयाँ समिति गठन गर्ने दिशातिर अघि बढ्न पनि हार्दिक अपिल गर्दछौँ ।
प्रतिक्रिया