अमेरिका । आगामी सेप्टेम्बरमा न्युयोर्क शहरमा वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिका यतिबेला संगठन बिस्तार र नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त सहित संगठन निर्माणमा जुटेको छ ।
निर्वाचन परिणाम आए लगत्तै प्रलयकारी भूकम्पले तहस नहस भएको मातृभूमि नेपालको विकट पहाडी जिल्ला रसुवा पुगेर पिडित जनको सेवा गरि फर्किएको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको नेतृत्व चुनावी प्रतिबद्धता अनुरुप नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त बोकेर संगठन निर्माण र आन्तरिक बिबादका बिषयहरु निरुपण गर्ने अभियानमा जुटेको हो ।
यसै क्रममा शुक्रबार सम्पन्न संघको नियमित बैठकले सल्लाहकार समितिलाई स्वागत गर्दै एनआरएन आइसिसिका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा हुन् गइरहेको १२ सेप्टेम्वर २०१५ माँ न्युओर्कको फ़्लशिंग शहर तथा वाउन स्ट्रिट अन्तर्गत रहेको गणेश मंदिरमा वार्षिक साधारण सभालाई भव्यताका साथ सम्पन्न पार्दै महा भुकम्पवाट तहस नहस भएको मातृभूमिको पुनर्निर्माणमा युद्धस्तरले हातेमालो गर्दै जुटन संघका अध्यक्ष डा पौडेलले आह्वान गरे ।
यसै गरि भरखरै नियुक्त भएका अधिकांश सल्लाहकारहरूले एनआरएन अमेरिकाले चाहे नेपालमा गएको महा भुकम्पमा होस चाहे टिपियस संवन्धित विषयमा यसरि आप्रवासी नेपाली संघ अमेरिकाले नेपाली अमेरिकन जनमानसको प्रत्यक्ष सरोकारको विविध विषयमा प्रभावकारि भुमिका निर्वाह गरेको छ भन्दै यो सवैको माँझ र सवैको साझा भएर उदाईरहेको भनाई व्यक्त गरे ।
यसै गरि आसन्न साधारण सभालाई सम्पन्न गर्न तथा आसन्न अधिबेशनमा संघको प्रतिनिधत्व हुने गरि एनआरएन अमेरिकाले एेक्यवध्दता प्रकट गरोस र आँफ्नो अगाडि आएको कामलाई आँफैले गर्दै ऐक्यवध्द्ता प्रकट गर्दै अगाडि वढ्नु पर्ने धारणा निवर्तमान अध्यक्ष तथा हालै नियुक्त सल्लाहकार खगेन्द्र जीसीले वताए उनले नेपालमा महा भूकम्प आउदा आफू पनि नेपाल गएको र भरखरै एक हप्ता अगाडि पनि नेपाल गएर ‘एक पटकको नेपाली संधैको नेपाली ‘ भन्ने कुरालाई नेपालका मन्त्रीहरूसँग क़ुरा राखेको पनि जानकारि दिए । डा नरकाजी गुरूँगंले आँफूले अमेरिका आए देखिनै यस्ता धेरै संघ संगठनमा काम गरेको स्मरण गर्दै हामीले नेपाल र नेपालीलाई विना सर्त दिनु पर्छ लिने कुराको त कल्पना समेत गर्न हुन्न भन्दै नेपाली समाजलाई अगाडि वढाउने सवालमा आँफूले कुनै कसर नराख्ने जानकारि दिए । त्यसैगरी डा यादव पण्डितले आँफ्नो अहिले सम्मको ज्ञान सिप र दक्षताले भेटेको कुनै पनि काम एनआरएनलाई चाहिएको खण्डमा जुनसुकै वेला सहयोग गर्ने वचन दिए । त्यसै गरि मेरिल्याण्डका महावाणिज्य दुत प्रेम राजा महत तीन करोड नेपाली ढुकढुकीमा पानको पात जस्तो सदाबहार संगितको माध्यमवाट वसेका नव नियुक्त सल्लाहकार वोल्दा लाग्थ्यो सवैले उनको स्वरको आन्नद लिईरहेका छन् । रृषि ढकालले आँफ्नो व्यापारमा भएको दक्षतालाई सम्पूर्ण नेपालीमाझ पुर्याउने उद्देश्य भएको र यो लोक प्रीय संस्थाको माध्यमवाट नेपाल र नेपालीका हरेक समस्यामा आँफूले विना सर्त काम गर्ने धारणा व्यक्त गरे । यसरि समग्रमा सम्पूर्ण सल्लाहकार र कार्य समितिको धारणा विना सर्त नेपालको पुनर्निर्माणमा जुटनु पर्ने थियो ।
गत साता प्रबुद्ध नेपाली अमेरिकनहरु मध्यबाट सन्तुलित सल्लहाकार समूह चयन गरेको संघले यस अघिनै नेपाली अमेरिकनको चासो र सरोकारको बिषय रहेका मुद्धाहरुलाई सम्बोध गर्दा एउटै हुनु पर्ने थियो र भयो पनि ।
एनआरएन अमेरिकाको नेतृत्वले सन्तुलित सल्लहाकार समूह र कार्यदल गठनमा देखाएको बुद्धिमत्तापूर्ण निर्णयको सम्पूर्ण नेपाली अमेरिकनले स्वागत गर्दै संघको अक्टोबरमा हुने विश्व शिखर सम्मेलनमा नेपाली अमेरिकनको नेतृत्वदायी भूमिकाका बिषयमा समेत संघको आसन्न सेप्टेम्बरमा आयोजना हुने साधारण सभाले ठोस नीति तय गर्नु पर्ने अपेक्षा सर्बत्र गरिएको छ ।
एनआरएन अमेरिका यति बेला संगठन निर्माण र आगामी सेप्टेम्बरमा न्युयोर्क शहरमा आयोजना गरिने वार्षिक साधारण सभाको तयारीमा जुटेको छ यसका अतिरिक्त संघ सिघ्र नेपाली अमेरिकनको हितमा हुने रचनात्मक कामहरु सुरु गर्ने तयारीमा समेत जुटेको छ ।
अक्टोबरमा हुने विश्व शिखर सम्मेलनमा नेपाली अमेरिकनको नेतृत्वदायी भूमिका स्थापित गर्न समेत संघको अमेरिकी नेतृत्वले विवाद रहित प्रतिनिधित्वको लागि पहल सुरु गरि सकेको छ । ‘एनआरएनको न्युयोर्क साधारणसभा नेपाली अमेरिकनको एकता र सहकार्यका लागि कोशे ढुंगा साबित हुने छ’ । सुक्रवार वसेको उक्त कन्फ्रेन्श कल वैठक डा केशव पौडेलको अध्यक्षतामा वसेको थियो भने उक्त कार्यक्रम संघका महा सचिव तिलक श्रेष्ठले चलाएका थिए ।
-सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका
प्रतिक्रिया