बेल्जियममा लघुकथा दिवस मनाइयो

इनेप्लिज २०७२ भदौ १ गते १३:३४ मा प्रकाशित

ल्युवेन, बेल्जियम
१७ अगष्ट, २०१५
लघुकथा समाज नेपालको अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा बेल्जियमको ल्युवेन सहरमा लघुकथा दिवस मनाइयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विभिन्न वक्ताहरुले लघुकथाका बारेमा चर्चा गर्दै लघुकथा वाचन समेत गरेका थिए ।
प्रमुख अतिथि सरुभक्तले छोटो समयमा पढ्न सकिने कथाको स्वाद दिने लघुकथाको विशेषताको बारेमा चर्चा गर्दै त्यसले पाठकलाई पार्ने प्रभावका बारेमा ब्याख्या गरे ।
कार्यक्रमका विशेष अतिथि एन आर एनका पूर्व अध्यक्ष जीवा लामिछानेले विदेशमा समेत लघुकथा दिवस मनाइनु अर्थ नेपाली लघुकथा र त्यसको लेखनले ब्यापकता पाएको कुरा बताए ।
लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथाका विकाशक्रमको बारेमा जानकारी दिदै संस्थाले नेपाल बाहिर पहिलो पटक यसरी कार्यक्रम गर्न सकेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा विदेशका धेरै राष्ट्रमा लघुकथा दिवस मनाइने कुरा बताए ।
लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईंले संचालन गरेको उक्त कार्यक्रममा सरुभक्त, प्रा. डा. खगेन्द्रप्रसाद लुईटेल, एल. बि. क्षेत्री, श्रीओम श्रेष्ठ रोदन र कृष्ण बजगाईंले आआफ्ना लघुकथा वाचन गरेका थिए ।

प्रतिक्रिया