निर्वाचन समिति – २०१५
(गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएई)
बिज्ञप्ति
मिति: २५ अगस्त २०१५
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आउदो सेप्टेम्बर ४ का दिन दुबईमा हुन गइरहेको छैठौं
महाधिवेशन मार्फत संघको २०१५-२०१७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुने सबैमा अवगत नै छ ।
महाधिवेशनको निर्वाचन कार्यक्रम र प्रकृयाबाट निर्वाचित हुने नयाँ कर्यसमितिका निर्वाचन नियमावलीमा उल्लेख भए
अनुसारका पदहरुमा निर्वाचन समितिले उम्मेद्वारी दर्ता खुल्ला गरेको सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुमा जानकारी
संघका सम्पूर्ण क्षेत्रीय समितिहरुको सम्पन्न अधिबेसन मार्फत १० पंजीकृत सदस्य बराबर १ को अनुपातमा चुनिनु भएका
तथा बैधानिक व्यवस्था अनुरुप प्रतिनिधिको अधिकार प्राप्त गर्नुभएका सबै महाधिवेशन प्रतिनिधिहरुमा निर्वाचन
नियमावली र संघको बिधानको परिच्छेद ७ बमोजिम इच्छाईएको पदमा उम्मेद्वारी दर्ताको लागि निर्वाचन समिति आव्हान
उम्मेद्वारी दर्ताका लागि आवस्यक सम्पूर्ण फारम, निर्वाचन नियमावली, निर्वाचन कार्यतालिका लगायत दस्तावेजहरु र
महाधिवेशन प्रतिनिधिहरुको नामावली समेत संघको वेबसाइट www.nrnauae.org मा राखिएको छ । निर्वाचन
कार्यतालिकामा प्रकाशित भए अनुसार २६ अगस्त २०१५ का दिन सम्मको लागि उम्मेद्वारी खुल्ला गरिएको छ । इच्छुक
योग्य महाधिवेशन प्रतिनिधिहरुले सोहि अबधि भित्रमा इच्छाईएको पदमा निर्वाचन नियमावलीको ६ बमोजिम तोकिएको
शुल्क सहित उम्मेद्वारी दर्ता गराईसक्नु हुन सुचित गरिन्छ । निर्वाचन समितिसंग कुनैपनि जानकारी वा सूचना चाहिएको
खण्डमा eccnrn@gmail.com मा इमेल गर्न सकिनेछ ।
सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई संघको छैठौं महाधिवेशनको जारी निर्वाचन कार्यक्रम र प्रकृया सफल रुपमा सम्पन्न
गर्नका लागि आवस्यक सहयोग पुर्याइदिन यस निर्वाचन समिति हार्दिक आग्रह गर्दछ ।
उत्तम अधिकारी
(संयोजक)
निर्वाचन समिति – २०१५, एनआरएनए एनसीसी यूएई
प्रतिक्रिया