अमेरिका नेपाल टेलिभिजनको आयोजनामा वासिंगटन डिसी मेट्रो क्षेत्रमा अध्यनरत हाईस्कूल तहका छात्र छात्राहरुबीच सम्पन्न हुन लागेको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको समय सारिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गारिएको छ /
अमेरिका नेपाल टेलिभिजनबाट नियमित कार्यक्रमका रुपमा प्रसारण गर्ने उद्धेश्य राखी आयोजना हुन लागेको यस प्रतियोगितामा सहभागी हुन इच्छुक आफ्ना बालबालिकाहरुका निमित देहायको मिती भित्र आबेदन दिनु हुन सम्पूर्ण
अभिभावकहरुमा हार्दिक अनुरोध गर्दछौं /
प्रतियोगिता सम्बन्धी नियम र जानकारी :
1. प्रतियोगितामा सहभागी हुन डिसी मेट्रो क्षेत्रका हाईस्कूलमा अध्यनरत बिद्यार्थी हुनु पर्ने छ .
2. नेपाली भाषामा सामान्य दखल भएको हुनु पर्नेछ
3. एक्लै वा ३ जनाको समुह बनाई समुहगत रुपमा पनि आबेदन दिन पाइने छ
4. आबेदन दस्तुर बापत प्रतिव्यक्ति २० डलर र प्रति समुह ५० डलर बुझाउनु पर्ने छ
5. दस्तूर चेक वा नगद मार्फत बुझाउन सकिने छ / चेक ‘अमेरिका नेपाल टिभी’को नाममा पठाउनु पर्ने छ
6. प्रतियोगितामा प्रथम हुनेलाई १०००, दोश्रो हुनेलाई ५०० र तेश्रो हुनेलाई ३०० डलर पुरस्कार दिइने छ / यी
पुरस्कारहरुको विवरण छिटै प्रकाशित गरिने छ /
7. प्रतियोगिता हुने मिती यथाशिघ्र प्रसारण गरिने छ
8. आबेदन तोकिएको शुल्क सहित आगामी सेप्टेम्बर १५, २०१५ सम्ममा आई पुग्नु पर्ने छ
9. प्रतियोगिता सम्बन्धी बिस्तृत जानकारी आबेदनहरु प्राप्त भइ सके पछि प्रकाश गरिने छ
10. आबेदन तल उल्लेखित व्यक्तिहरु समक्ष पुग्नु पर्ने छ
सम्पर्क :
(१) परशु तिमल्सिना : ७०३-३०२-०३३८
(२) बिनय अर्याल : ७०३-८५५-८५८१
(३) हेमन्त श्रेष्ठ : २०२-५७७-३८९७
अमेरिका नेपाल टेलिभिजन, भर्जिनिया
[email protected] / antvus.com
प्रतिक्रिया