३ सेप्टेम्बर २०१५, क्यालिफोर्निया
क्षेत्री एण्ड एसोसियट्स (Kshetry & Associates, P.C. ) का संस्थापक खगेन्द्र जिसी तथा सेजाल आइटी इन्क (SejalIT Inc) का उपाध्यक्ष शंकर के.सी ले बाताय अनुसार क्यालिफोर्नियामा एक बिशेष इमिग्रेशन कार्यक्रम सँचालन हुने भएको छ । टिपिएस (TPS) लगायत अन्य कानूनी परामर्श समेत प्रदान गरिने सो कार्यक्रममा १०० भन्दा बढी नेपाली तथा अन्य देशका समेत ब्यक्तिहरु सहभागी रहने कुरा शंकर के.सी ले बताएका छन ।
बिगत लगभग २७ बर्ष देखी अमेरिकाको इमिग्रेशन सेवा प्रदान गर्दै आएका खगेन्द्र जिसी नयाँ नाम होइन । क्षेत्री एण्ड एसोसियट्स (Kshetry & Associates, P.C. ) को स्थापना गरेर तेसैबाट कनुनी सेवा प्रदान गर्ने जिसीको ल अफिस नै थुप्रै शहर र नेपालमा समेत स्थापना भैसकेका छन । उसो त क्यालिफोर्नियाको, ओकल्यान्ड अफिसबाट सेवा सुरु भएको उपलक्ष्यमा सोही क्षेत्री एण्ड एसोसियट्स (http://www.chhetrylaw.com) तथा सेजाल आइटी इन्क (http://sejalit.com/about-us) को संयुक्त आयोजनामा बिशेष कानुनी परामर्श सेवा प्रदान गर्न लागिएको हो ।
सेजाल आइटी इन्क एउटा आइटी का बिभिन्न स्तरका तालिम प्रादन गरेर रोजगारी प्रदान गराउने समेतको सेवा प्रदान गर्ने अर्को ब्यबसायिक संस्था हो । यसमा लामो समय देखी आइटी सम्बन्धी बिशेषग्यता हासिल गरेका दिग्गजहरुको संलग्नता छ । क्यालिफोर्नियाको फ्रिमन्ट शहरमा रहेको सो संस्थाको कार्यालय छोटो समयमा सेवा प्रदान गर्न सफल भएकोले अब अमेरिकाका बिभिन्न शहरहरुमा शाखाहरु सँचालन गरिने योजना रहेको कुरा पनि शंकर के.सी बताउछन ।
सो कार्यक्रमको सँचालन गर्ने जिम्मेवेरी भने इमिग्रेशन चौतारीको संचालक म कृष्ण के.सी ले नै प्राप्त गरेको छु । सो कार्यक्रम सम्पन्न पछि बिशेष रिपोर्ट आगामी दिनमा नेपाली अमेरिकन मिडियाहरुमा यहाँहरुले हेर्न सक्नुहुने छ । यही कार्यक्रम लाई आगामी चौधौ भागको रुपमा पस्कने प्रयास गरिने छ । इमिग्रेशन संबन्धी थप जिज्ञासा भएमा[email protected] मा संपर्क गर्न सक्नुहुने छ । मेरो प्रयास निशुल्क रुपमा तपाईंको प्रश्नको जवाफ आमसंचार मार्फत तपाईं समक्ष पुराउने नै हुने छ ।
कार्यक्रम बिशेष जानकारी:
——————————
Date: Saturday, September 05, 2015
TIme: 1:00 PM
Venue: 39180 Liberty Street, Suite # 101, Fremont, CA 94538
प्रतिक्रिया