भर्जिनियामा सेप्टेम्वर १९ तारिख शनिवार साँझ नेजा नाइट २०१५

इनेप्लिज २०७२ भदौ २१ गते ११:५६ मा प्रकाशित

NEAJA Night in Virginia

यस नेपाल अमेरिका पत्रकार संघ-नेजाले आफ्नो संस्थाको आकस्मिक कोषमा रकम संकलन गर्ने उद्देश्यले भर्जिनियामा नेजा नाइट २०१५ को नाममा एक सांगीतिक कार्यक्रम गर्दैछ | भर्जिनियाको फेयरफ्याक्सस्थित लेनियर मिडल स्कूलको हलमा सेप्टेम्वर १९ तारिख शनिवार साँझ ७:०० बजेदेखि राती ११:०० बजेसम्म यस्तो सांगीतिक कार्यक्रम हुनेछ | कार्यक्रम वर्ल्ड बिजनेश एण्ड म्यानेजमेन्ट कन्सलट्यान्टको समन्वयमा आयोजना गर्न लागिएको हो |

कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल,लोक दोहोरी गायक/गायिका बद्री पगेनी र शिला आले सहित नृत्यमा निर्मला खड्का (निरु) र दुई गायक ढकाल ब्रदर्श ( कृष्ण/मनोज) को टोलीले आ आफ्नो प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछ नेजाले कार्यक्रमको सम्पूर्ण खर्च कटाएर बाँकी रकम नेजाको आकस्मिक कोषमा जम्मा गर्ने र नेपाल तथा अमेरिकामा विभिन्न परिस्थितिका कारण अप्ठ्यारोमा परेका सहकर्मी पत्रकारहरुलाई सहयोग गर्नेछ | कार्यक्रममा १२ वर्षभन्दा कम उमेरका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ |

तसर्थ कार्यक्रममा सहभागिताका लागि नेजा समुदायका सबै सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछ |

प्रतिक्रिया