अर्जुन कुमार श्रेष्ठ द्वारा एनआरएन सचिब पदमा उम्मेद्बारी घोषणा

इनेप्लिज २०७२ असोज ६ गते १:०६ मा प्रकाशित

arjun kumar shrestha nrn secretory from belgiumस्विजरल्याण्ड – सातौं गैर आवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदै गर्दा अगामी दुइ बर्षका लागि नेतृत्व तहमा बसेर काम गर्न इच्छुकहरु आफ्नो इच्छा ब्यक्त गर्ने क्रम स्वत स्फुर्त आउने क्रम जारी छ । यसै क्रममा युरोपका चर्चित युवा व्यावसायीको रुपमा परिचित तथा समाजसेवी अर्जुन कुमार श्रेष्ठ ले आगामी अक्टोबरमा सम्पन्न हुन् गैरहेको गैर आवासीय नेपाली संघको सातौं अन्तराष्ट्रिय महाधिवेशनमा सचिब पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । बेल्जियम मा बसोबास गर्दै आएका श्रेष्ठ एन आर एन युरोप का संयोजक पनि हुन् |

२२ सेप्टेम्बरका दिन बेल्जियममा पत्रकार सम्मेलनको आयोजना गरि उहाँले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले आफ्नो प्रतिबद्दता पत्र समेत सार्वजनिक गर्नु भयो । एनआरएनसँग विगत एक दशकदेखि संलग्न रहँदै आउँनुभएका श्रेष्ठ युरोपियन नेपाली समुदायबीच स्थापित व्यक्तित्व हुनुहुन्छ |
पर्बत जिल्ला को फलेवासमा जन्मनु भएका श्रेष्ठ भन्छन – प्रबाशमा बसेर काम गरिरहे पनि हाम्रो मन नेपाली नै छ, जुन सँधै नै भइरहनेछ । त्यसैले जन्मथलोप्रति तथा आफ्नो देशप्रति को आफ्नो दायित्व सम्झेर लगानीको माध्यमबाट वा परोपकारी भावनाले अनुभव र सीप भित्र्याउन संस्थागत प्रयास गरिरहनेछु |

उहाँले सार्वजनिक गर्नुभएको घोषणा पत्र यस प्रकार रहेको छ

आदरणीय गैर आवासीय नेपाली दाज्यूभाई तथा दिदीबहिनीहरु नमस्कार,

गैर-आवासिय नेपाली अभियानको माध्यमले हामी गैर-आवासिय नेपालीहरुले राष्ट्रिय एवं अर्न्तराष्ट्रिय स्तरमा हाम्रो एक विशेष परिचय र छवि निर्माण गर्न सफल भएका छौं। एन.आर.एन. अभियान नेपाल र प्रवासी नेपालीहरुका चासोका विषयहरुमा लड्ने एक अभियान बनेको छ। यसमा हामी गर्व गर्दछौं ।

गैर-आवासिय नेपाली संघ स्थापनाकालमा केही देशका मात्र प्रतिनिधिहरु संलग्न रहेको अवस्थाबाट द्रुतगतिमा संगठन विस्तार भई अहिले ७१ भन्दा बढी राष्ट्रहरुमा राष्ट्रिय समन्वय परिषदहरु स्थापना भई सकेका छन्। यसले हामीलाई वास्तव मै एक अर्न्तराष्ट्रिय संस्था र एक प्रभावकारी अभियानको रुपमा स्थापित गरेको छ। त्यसैगरी ‘गैर-आवासिय नेपाली ऐन २०६४’ ले ‘गैर-आवासिय नेपाली’ लाई परिभाषित गरेको छ भने संघ आधिकारीक रुपमा नेपालमा दर्ता भएको छ। साथै, संघको आफ्नै कार्यालय भवन निर्माण हुने भएको छ भने एन.आर.एन. अभियानका प्रमुख मागहरु मध्येको एक ‘नागरिताको निरन्तरता’ को माग एक हदसम्म सम्बोधन हुने स्थितिको पूर्वसन्ध्यामा हामी उभिएका छौं। संघको स्थापना कालदेखि हालसम्म नेपालको सामाजिक एवं राजनीतिक रुपान्तरणमा नेपाल र नेपालीहरुको सहयात्री, सहकर्मी र सहभागीका रुपमा उभिएको मैले पाएको छु। त्यसैगरी प्राकृतिक प्रकोपका जटिल अवस्थाहरुमा संघको सहयोगी भूमिका एन. आर. एन. अभियान कै स्थापित कार्यनीति भएको मैले बुझेको छु।

गैर-आवासिय नेपाली संघका अहिलेसम्मका सफलताहरुबाट सन्तुष्ट बनेर बस्न नहुने मेरो विचार छ। हासिल भएका सफलताहरुलाई हरेक सदस्यसम्म पु‍र्‍याउनु पर्ने आवश्यकता छ। यदि हामीले एन.आर.एन. अभियानका लक्ष्य र उद्देश्यहरु साथै यसका उपलब्धिहरुलाई प्रत्येक प्रवासीसम्म पु‍र्‍याउन सक्यौं भने संघको सदस्यता संख्यामा ठूलो बृद्धि हुनेछ। त्यसैगरी देशको गतिशिल सामाजिक एवं राजनीतिक अवस्था, संघको बृहद् अर्न्तराष्ट्रिय संजाललाई संस्थागत एवं प्रभावकारी बनाउने आवश्यकता र महाभूकम्प २०१५ बाट प्रभावित क्षेत्रको पुर्ननिर्माण र पुर्नस्थापनाको टड्कारो खाँचो संघको आगामी कार्यकालको लागि चुनौति हुन्। ति चुनौतिहरुलाई समाधान गरी संस्थालाई सबल, समावेशी र प्रभावकारी बनाउने अवसर हाम्रो सामु छ। गैर-आवासिय नेपाली संघमा सन् २००९ देखि २०१३ सम्म बेल्जियमबाट दुई पटक सम्म आईसीसी सदस्यको रुपमा रही मैले एन.आर.एन. अभियानमा आफूलाईसमाहित गर्ने मौका पाएँ। यही क्रममा हाल म युरोपको क्षेत्रिय संयोजकका रुपमा मन, वचन र कर्मले सक्रियतापूर्वक कार्यरत छु।

पत्रकार मित्रहरू, बितेका दुई वर्षमा युरोप क्षेत्रिय संयोजकको मेरो कार्यकालमा महत्त्वपूर्ण र वजनदार कामहरू गरिएको निवेदन गर्न चाहन्छु­

१, युरोपमा राष्ट्रिय समिति गठन भएका २७ मध्ये अधिकांश देशहरूमा म स्वयं सहभागी भई एन.आर.एन. अभियानलाई सबल र सुदृढ बनाउन समाहित भएको छु ।

२, एन.आर.एन. सँघका विभिन्न इकाईहरूमा प्रभावकारी पुल र समन्वयकर्ताको रूपमा अग्रसर रहँदै आएको छु ।

३, भूकम्पपीडितको उद्धार कार्यमा प्रत्यक्ष रूपमा संलग्न रही राहत कोषमा रकम संकलनका लागि निरन्तर काम गर्दै आएको छु ।

४, नेपाली उत्पादनको बजार प्रबर्द्धनका लागि विभिन्न मेलाहरू आयोजना गर्ने काममा सरिक रहँदै आएको छु ।

५, नेपाली भाषा-साहित्य, कला-संस्कृति, कुटनीति र खेलकुदको विकास एवं विस्तारका निम्ति आन्तर्राष्ट्रिय स्तरका

कार्यक्रमहरू युरोपमा सम्पन्न भएका छन् । यी कार्यक्रमहरूमा सदैव अग्रणी भूमिका निर्वाह गर्न पाएकोमा गौरवान्वित महशुश गर्दछु ।

गैर-आवासिय नेपाली संघमा मेरो गहन अनुभवका कारण मैले यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको छु। ति चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने र आगामी कार्यकालको कार्य-समितिलाई संघका

उदेश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ मैले आगामी कार्यकाल (२०१५-२०१७) का लागि केन्द्रिय सचिव पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु। एन.आर.एन. अभियानको गरिमालाई कायम राख्दै परिणाममुखि एवं प्रभावकारी काम गर्ने मेरो प्रतिवद्धतालाई सहयोग र समर्थन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

अर्जुनकुमार श्रेष्ठ

क्षेत्रिय संयोजक, युरोप

गैर-आवासिय नेपाली संघ, आई. सी. सी.

प्रतिक्रिया