डिसीको नेपाली पाठशालाका विद्यार्थी द्वारा दुताबासको शैक्षिक भ्रमण

इनेप्लिज २०७२ असोज १० गते १२:२४ मा प्रकाशित

nepali pathshala 1डिसी महानगर क्षेत्रको भर्जिनियाको सेन्टर भिलमा नेपाली स्वयम् सेवक महिलाको पहलमा २०१५ फेब्रुअरीमा कक्षा संचालन गरिएको नेपाली पाठशालाले नेपाली भाषा पढ्न र लेख्न भर्ना भएका अमेरिकामा /नेपालमा जन्मेका दोश्रो पुस्ताका बिद्यार्थी बालबालिकालाई शैक्षिक भ्रमण अन्तर्गत वाशिंगटन डिसी स्थित नेपाली राजदुताबासको भ्रमण गराएको छ l

उक्त पाठशालामा रहेका बिद्यार्थीले नेपाल सम्बन्धि जानकारी पाउन भन्ने हेतुले बालबालिकाका अभिभावक सहित नेपाली दुताबास पुगी केहि जानकारी हासिल समेत गरेका छन् l

उक्त पाठशालामा नेपाली सिक्ने बालबालिकाले दुताबास भनेको थाहा नभएको बताएका थिए l उक्त कार्यक्रमको लागि झन्डै १ महिना अगाडी देखि नै समय लिइएको हुनाले बिदाको दिन शनिबार परेता पनि नेपाली दुताबासका द्वितीय सचिब लेखनाथ गौतम संग नेपाली पाठशालाका संचालक ,नेपाली स्वयम् सेवक महिला समुह ,बिधार्थी तथा अभिभावकले समेत भेटघाट गरे l

nepali pathshala 5उक्त शैक्षिक भ्रमणमा नेपाली दुताबासका द्वितीय सचिब लेख नाथ गौतमले राहदानी तथा प्रवेश आज्ञा( भिसा) सम्बन्धि छोटो जानकारी दिएका थिए l र ,साथै नेपाली पाठशालाको सराहना गर्दै नेपाली भाषा जाने मात्र नेपालको संस्कृति र कला बारेमा जान्न सरल हुने बताएका थिए l

नेपाली पाठशालाले स्थापना काल देखि नै बिभिन्न कार्यक्रमहरु बनभोज ,फ्लुसट ( सुई ) तथा अन्य अतिरिक्त कार्यक्रम गरि सकेको छ भने आगामी दिनमा देउसी भैलो तथा डिसेम्बर १२ मा पाठशालाको बार्षिक उत्सब पनि मनाउने भएको छ l अभिभावकले स्वयम् सेवक रुपमा काम गर्दै आई रहेको पाठशालामा ३- बर्ष देखि किशोर /किशोरी सम्मका बिद्यार्थी गरि करिब ४० बिद्यार्थीहरु रहेको जानकारी पाठशालाकि संस्थापक बिना लामा खड्काले बताइन l

nepali pathshala 3राजदुताबासमा भेला भएका बालबालिकाले नेपालीमा आफ्नो नाम एक एक गरि बताएका थिए l दुताबास भित्र नै नेपाली राष्ट्रिय गित गाएर सुनाएका थिए l उक्त शैक्षिक भ्रमणआ अविभावक तथा पत्रकारको तर्फबाट ईनेपलिज़लाई पनि केहि बोल्न दिइएको थियो l

उक्त पाठशालामा हप्ताको एक पटक शनिबार मात्र कक्षा संचालन हुदै आएको छ भने बिद्यार्थीलाई नेपाली भाषाको साथै संगीत पनि सिकाइने गरिएको छ l अक्टोबर ३ देखि वयस्क(नेपाली )लाई अंग्रेजी निसुल्क कक्षा संचालन तथा २०१६ देखि जनवरी देखि बिदेशीहरुलाई नेपाली भाषा पनि सिकाईने भएको छ l

nepali pathshala 7पाठशालामा १० जना स्वयम् सेवक शिक्षक /शिक्षिकाहरुले काम गरि रहेको बताईएको छ भने स्वयम् सेवक रुपमा काम गर्न चाहनेले बिना लामा खड्का ७०३.९०१.६५०८ तथा प्रभा देउजा -५७१.३३१.५४१४ संग सम्पर्क गर्न सकिने बताईएको छ l

nepali pathshala 8 nepali pathshala 4 nepali pathshala 6

प्रतिक्रिया