नेपालका मधेश तथा तराईका बिभिन्न जिल्ला बाट अमेरिका आई बस्ने नेपाली समुदायले आज व्हाइट हाउस अगाडी सरकारको चर्को बिरोध गरेका छन् l
आज बिहान १० बजे देखि दिउसो २ बजे सम्म वाशिंगटन डिसी स्थित व्हाइट अगाडी बिहान देखि चर्को नारा सहित व्यापक बिरोध गरेका छन् l
भूकम्प पिडित को उद्धार मा ध्यान नदिएको ,मधेशमा बिबेध नीति अपनाएको ,मानव अधिकार दमन बन्द गर ,नेपाल सरकार कहिले नाकाबन्दी खुल्छ ? मधेसीलाई मार्न छोड ,मधेसीको जीवन को सवाल छ ? प्रहरीको चरम दमन ,४१ बर्षीय महिला तथा ७२ बर्षिय रेडक्रसका कर्मचारी घटना स्थलमा मारियो ? जनजाति र मधेसीका मुद्धालाई सम्बोधन गर ! सिमान्तकृत जनतालाई हिंसा बन्द गर जस्ता नाराहरु लगाएका थिए l
उक्त कार्यक्रममा अमेरिका एसोसिएसन् अफ नेपाली इन तराईका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो भने यसका प्रवक्ता अन्नपूर्ण देवले नेपाल सरकारले मानव अधिकारको उलंघन गरेको र तराईमा ज्यादती गरेको बताएकी थिइन् l सरकारले भूकम्प पिडितहरुको समस्या समाधान तथा अन्य जटिल समस्यालाई समाधान गर्न छोडेर दमन नीति प्रति बिरोध जनाईन l
यस्तै गरि आन्टाका पुर्व अध्यक्ष ललित झाले पनि अब सरकारले गरि रहेको कार्य प्रति आपत्ति जनाएका थिए l आन्टाले बिरोध कार्यक्रम मधेसी मानव अधिकार को सहयोगमा बिरोध कार्यक्रम गरेको थियो l
प्रतिक्रिया