वाशिंगटन डिसी स्थित नेपाली दूतावासका श्रोतका अनुसार अझ पनि मानिसमा मेसिन रिडेबल पासपोर्ट (उपकरण पठनीय राहदानी )सम्बन्धि अलिक भ्रम रहेको जनाएको छ l नोभेम्बर २४ देखि अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आइकाउ) को प्रावधान अनुसार हस्तलिखित राहदानीलाई एमआरपीले बिस्थापित गरि सकेको छ l
हस्त लिखित राहदानीको म्याद सकिएको हो l तर राहादानीको लागि परराष्ट्र मन्त्रालयकाले डिसेम्बरको पहिलो हप्ता देखि नै सुरु गरेको लाइभ इनरोलमेन्ट (प्रत्यक्ष दर्ता प्रणाली) सुरु गर्ने परिपत्र जारि गरेको दुताबास श्रोतले जनाएको छ l प्रत्यक्ष दर्ता प्रणाली सम्बन्धमा जिज्ञासा राख्दा भौतिक रुपमा आफै उपस्थिति हुनु पर्ने बताएको छ l
नोभेम्बर २४ देखि हस्त लिखित राहदानी स्वत समाप्त भएकोले मानिसमा अब एमआरपी पनि लिन पाईदैन भन्ने सोचाई रहेको बुझिएको दुताबासले दिएको छ l एमआरपी जहिले पनि लिन पाईन्छ l एमआरपी राहदानी नै लिन नपाइने हैन डिसी दुताबासले जनाएको छ l
प्रत्यक्ष दर्ता प्रणाली अनुसार पुन एमआरपी बनाउन सकिने छ l दुताबास अनुसार मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नबनेकोलाई अरु देशले भ्रमण गर्न नपाउने हो l तर म्याद न गुज्रिएको राहदानी छ भने नेपाल जान सकिने छ l
एमआरपी (यन्त्र पठनीय राहदानी) बनाउने म्याद नोभेम्बर २४ मा सकिए पनि राहदानी लिन पाउने बताएको छ l एमआरपी राहदानी छैन भने अरु देश भ्रमण गर्न पाइदैन l विश्वको जुनसुकै मुलुकमा रहे पनि प्रवेस आज्ञा (भिसा )नचाहिने बाटो हुदै नेपाल जान जति बेला पनि मिल्ने छ भनि डिसी दुताबासले जानकारी दिएको छ l हस्लिखित राहदानी को बैध्यता अवधि सकिएको छैन भने पनि अपर्झट कुनै देश जानु पर्ने भए त्यो नमिल्ने तर नेपाल जादा ट्रान्जिट (पारबहन) पर्ने देश भए त्यो नपाईने जनाएको छ l
नेपाल जना कठिन अवस्था श्रीजना भए र आवश्यक परेमा यात्रा कागजात ‘ट्राभल डकुमेन्ट ” नेपाली दूतवासले जारी गर्नेछ l यस सम्बन्धमा केहि थप जानकारी चाहिएमा दुताबास संग सम्पर्क गरे समाधान हुने बताएको छ l
प्रत्यक्ष दर्ता प्रणालीको लागि के–कस्तो प्रविधि आवश्यक पर्ने र कर्मचारीलाई कस्तो तालिम दिनु पर्ने जस्ता थुप्रै प्राविधिक कामको पूर्वधार तयार गर्नुपर्ने पनि हुन् सक्छ भनि जानकरी गराएको छ l प्रत्यक्ष दर्ता प्रणाली बारे मन्त्रालयको जानकारी आउने क्रम जारी रहेको र अझ स्पष्ट भए पछि त्यस्को यसको कारवाही गरिने बताएको छ l
डिसी दुताबासमा समय भित्र कर्मचारी नपुग्ने शिकायत तथा गुनासा आउने गरेकोले यो पंक्तिकार ८:४५ बजे बिहान डिसी दुताबासमा पुग्दा कर्मचारी समय अगाडी नै पुगी सकेको फेला पारेको छ l समय भित्र कागजात र अन्य कुरामा सरलीकरण ,छिटो छरितो होस् भनि हेतुले करिब ४ जना समर्पित कर्मचारी खटाईएको डिसी दुताबासले जनाएको छ l
प्रतिक्रिया