एचडिएनपी अन्तर राष्ट्रिय द्वारा रक्तदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ पुष ५ गते ०:३८ मा प्रकाशित

devi 6

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा त्रैमासिक रुपमा पूर्व घोषित रक्तदान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l

गत महिना धन्यबाद दिवस( थांक्स गिभिंग)मा घरबार बिहिन मानिसलाई भोजन गराउने योजना रहेता पनि भिषण बर्षाको कारण उक्त कार्यक्रम रद्ध भएको थियो l अमेरिकाको टेक्सास को आर्लिंगटन डलस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखिहरुलाई उक्त संस्थाले आउदो डिसेम्बर २६ तारिखमा खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले बताए l करिब ४ सय जनालाई खाना खुवाउने तयारी भै रहेको आचार्यले जानकारी गराएका छन् l

devi 3

आज सम्पन भएको रक्तदानमा २६ जनाले रगत दान गर्नुको साथै नगद समेत प्रदान गर्नु हुने सबैमा संस्थाको तर्फ बाट आचार्यले धन्यबाद दिएका छन् l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (नाजुक तथा असहायको लागि सहयोग अन्तर्राष्ट्रिय )भन्ने संस्थाले स्थापना काल देखि नै भोका ,भिखारी तथा अशक्तलाई खानाको व्यवस्था गर्दै आई रहेको छ l

उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l र ,यसको लागि विभिन्न दाता संस्था तथा सरकारी तवरमा पनि काम गरि रहेको बताउदै दिर्घ कालिन रुपमा यसलाई लागि मानवीय सहायता गर्नु यसको उदेश्य रहेको संस्थापक आचार्यले बताएका छन् l

devi 5हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताएका छन् l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको छ l

devi 2 devi 1 devi 7 devi 4

प्रतिक्रिया