पोर्तुगलमा / एन आर एनले राहदानी सम्बन्धि काम गर्न पाउँछ कि पाउँदैन नेपालको कानुनले यो अधिकार दिएको छ कि छैन यो विषय अहिले विभिन्न सामाजिक संजालहरुमा चर्चाको विषय वनेको छ । एन आर एनले यहाँको मुद्दा मामिला मिलाउने, डिवोर्सका काम मिलाउने लगायत पासपोर्टका लागि फारम भरेर पठाउने र राहदानी आए पश्चात त्यसको वितरण गर्ने काम गरेको पाइन्छ । तर, जनगुनासो अनुसार धरै लामो समय देखि एन आर एन ए ले पासपोर्टमा दुःख दिइरहेको कुरा बाहिर आएको छ साथै ८ महिना अगाडी बनाउन दिएको पासपोर्ट हाल सम्म नपाएका व्यक्तिहरु पनि छन् ।
एन आर एनले भरेका फारमहरु २ देखि ३ महिना भन्दा बढी समय लगाएर फ्रान्स स्थित नेपाली राजदुतावास पठाएको गुनासो छ । परराष्ट्र मन्त्रालयले १ महिनामा पासपोर्ट तयार गरेर दिने घोषणा गरेको थियो । तर पर्तुगलको लिसावन बसोवास गर्दै आएका सुमन निरौलाको राहदानी ८ महिना पुगी सक्दा पनि हात नपरेको कुरा बताएका छन् । अक्टोबर महिनाको अन्त्य देखि हस्त लिखित राहदानी नचल्ने भएपछि एम आर पि नभएकालाई भ्रमण गर्न तथा काम विषेशले अन्य मुलुक जान पनि अफ्ट्यारो परेको छ ।
नेपालीलाई सहयोग गर्न भनेर खोलिएको संस्था एन आर एन ले अहिले देखि मात्र होइन धरै अघि देखि दुःख दिदै आइ रहेको छ प्रबासी नेपाली एकता समाज पोर्तुगलका अध्यक्ष रमेश राज बास्तोला बताउनु हुन्छ । नेपालीहरुलाई सहयोग तथा आइपरेका समस्याको समाधानका लागि फ्रान्समा राजदुतावास पोर्तुगलमा एन आर एन तथा वाणिज्य दुतावास छन् तर नेपलीहरुले भोगेको यो समस्याको जिम्मेवारी दुतावास, एन आर एन, वाणिज्य दुतावास कसले लिने ?
प्रतिक्रिया