डर्बान , दक्षिण अफ्रीका
दक्षिण अफ्रीकाको पल पिटर्सबर्गमा अलपत्र परेका ताप्लेजुंगका नैन कुमार साँवा लिम्बु आज कतार ऐरबेज बाट काठमाडौँ फिर्ता भएका छन् | उनि डर्बान विमानस्थल बाट आज साझ दोहा हुदै काठमाडौँ उडेका छन् | उनको फिर्ती प्रक्रियाका लागि परिवार संग संयोजन गरि राखेका गैर आबसिय नेपाली संघ ,मदागास्करका सहसचिब रमेश राईले उक्त जानकारी दिएका हुन् |
गैर आबसिय नेपाली संघको अनुरोधमा प्रिटोरिया स्थित नेपाल दुतावासले उनको फिर्तीका लागि प्रक्रियाको आवस्यक संयोजन गरेको थियो | संघका अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा र अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीले उनको घरफिर्तीका लागि आबस्यक चासो राखी सहयोग गरेकोमा दक्षिण अफ्रिका स्थित नेपाल दुतावासलाई हार्दिक आभार ब्यक्त गरेका छन् |
लिम्बु छ महिना अघि गैर कानुनी रुपमा काम गर्न दलाल मार्फत साउथ अफ्रीका पुगेका थिए |
प्रतिक्रिया