प्रेस विज्ञप्ति एनआरएनएद्वारा झण्डै १ करोड ६० लाख रुपैयांको जीवनरक्षक औषधि प्रदान अष्ट्रेलिया र चीनबाट प्राप्त सहयोग परराष्ट्र मन्त्रीलाई हस्तान्तरण

इनेप्लिज २०७२ माघ २४ गते १४:२९ मा प्रकाशित

गत असोजबाट सुरु भएको नाकाबन्दीका कारण नेपालका अस्पतालहरुमा जीवनरक्ष औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले करिव १ करोड ६० लाख रुपैयांको बराबरको औषधि र औषधिजन्य सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष शेष घलेले त्यस अन्र्तगत अन्तिम लटको औषधिजन्य सामाग्री माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र एवं स्थानीय विकासमन्त्री कमल थापाललाई आज विधिवत रुपमा हस्तान्तरण गर्नु भयो ।

यसमा अष्ट्रेलिया र चीनबाट प्राप्त झण्डै ५५ लाख बराबरको औषधी र औषधीजन्य सामाग्रीहरु रहेका छन् यसका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुको सहयोगमा ३१ हजार ७ सय ७४ (हवाई ढुवानी भाडा सहितको मूल्य) बराबर र चीनबाट ६ हजार ६ सय २३ अमेरीकन डलर (हवाई खर्च बाहेक) बराबरको

औषधीजन्य सामग्रीहरु प्राप्त भएको हो । जसलाई नेपाल वायुसेवा निगमले हङकङबाट नि:शुल्क ढुवानी गरी काठमाण्डौं ल्याई दिएको हो ।

पहिलो, दोस्रो र तेस्रो चरणमा गरी करिव १ करोड पांच लाखको औषधि हस्तान्तरण गरेको संघले थप करिव ५५ लाख रुपैयांको सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । बिश्वभर छरिएर रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट बिभिन्न देशमा औषधि खरिद गरी हवाई मार्गबाट नेपाल भित्राई संघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभाग आपूर्ति महाशाखा र जनकपुर, नारायणी तथा वुटवल अञ्चल अस्पतालहरुलाई ती औषधि उपलब्ध गराएको थियो । अञ्चल अस्पताहरुमा ती औषधीहरु नेपाली सेनाले नि:शुल्क ढुवानी गरिदिएको थियो ।

पहिलो चरणमा मंसीर ८ गते ३८ लाख मूल्य बराबरको जीवन रक्षक औषधीहरु संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।

दोश्रो चरण मंसीर १४ गते संघले जनकपुर, नारायणी र बुटबलका क्षेत्रीय अस्पतालहरुलाई २५ लाख ७४ हजार रुपैयांको औषधि हस्तान्तरण गराएको थियो । मन्त्रालय संगको सहमति र नेपाली सेनाको सहयोगमा संघले तीनवटै अस्पताललाई सम्बन्धित स्थानमै पुगेर औषधि हस्तान्तरण गरेको थियो ।

तेश्रो चरणमा संघले ५० लाख १८ हजार रुपैयां बराबरको औषधि स्वास्थ्य राज्यमन्त्री मो. मुस्ताक आलम मार्फत नेपाल सरकार स्वास्थ मन्त्रालय औषधी विभाग आपूर्ति महाशाखालाई हस्तान्तरण गरेको थियो ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मातृभूमीलाई परेको हरेक बिपतको बेला सहयोग गर्ने संघको प्रयास रहँदै आएको र भोलीका दिनमा आइपर्ने कुनै पनि अप्ठेरो परिस्थीतिमा संसारभरका गैरआवासीय नेपालीहरु नेपाली दाजुभाई दिदीबहिनीको साथमा रहनेछन् ।

करिव तीन करोडको औषधि दिने योजना रहेको भए पनि अस्पताल र सरकारसागको छलफलपछि अन्य दातृ निकायले समेत अत्याबश्यक औषधिहरु सहयोग गरिरहेको हुादा आबश्यक परेको खण्डमा फेरि सहयोग गर्ने योजनाअनुसार यो चौथो चरणको अष्ट्रेलिया तथा चीनवाट प्राप्त अति आवश्यक औषधी तथा औषधीजन्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

हाल नाकावन्दी पहिलेको जस्तो नरहेको तथा नेपाल सरकारले समेत चालिस करोड बाराबरको अति आवश्यक औषधीहरु द्रुत खरिद प्रकृया मार्फत खरिद गर्न लागेको अवस्थामा नेपाल सरकारले खरिद गर्न

लागेको अति आवश्यक औषधिमा समावेश नभएका औषधीहरु आवश्यक परेमा संघ पुन: सहयोग गर्न

तयार रहेको छ । अन्यथा यो नै अन्तिम हस्तान्तरण हुने छ । औषधी हस्तान्तान्तरणको अलावा देशलाई आईपरेको यस मानवीय संकटको बिश्व समुदाय माझ जानकारी

गराउने उदेश्य अनुरुप बिभिन्न देशहरुमा गैरआवासीय नेपाली संघको अगुवाईमा कार्यक्रमहरु संचालन भएका थिए जसको नारा ‘नेपाल होप्स’ शिर्षकमा ‘हामीलाई जस्तो तिमिलाई नपरोस’ भन्ने सन्देशसहित नेपालको मानवीय संकटलाई विश्व समूदाय माझ झल्काउने गरी अभियान समेत संचालन गरिएको थियो।

यस कार्यमा महत्वपूर्ण योगादान गर्ने नेपाल सरकार, नेपाली सेना, नेपाल वायुसेवा निगम, डा. भगवान कोईराला, डा. वालकृष्ण खकुरेल, डा. भिम सिंह तिनकारी, डा. गणेश गुरुङ, संघका संरक्षक कुलचन्द्र गौतम लगायत मानवीय संकट समाधान र यसलाई अन्तराष्ट्रियकरण गर्ने अभियानमा सहभागी हुने सवै सहयोगी हातहरुलाई गैरआवासीय नेपाली संघ हार्दिक आभार प्रकट गर्दछ ।

यसैगरी सहयोग संकलनका लागि अष्ट्रेलियाबाट समन्वय गर्नुहुने डा. रेखा गुरुङ, दीपा राई, धर्मराज अधिकारी, एनआरएन अष्ट्रेलिया भिक्टोयरया राज्य समितिका केशव काडेल, एनसीसी अष्ट्रेलिया तथा चीनबाट सहयोग संकलनका लागि डा. राजीवप्रसाद केशहरी तथा उहांको टीम एनसीसी चीन, त्रिलोक गुरुङ तथा नेपाल बायुसेवा निगमलाई पनि हार्दिक आभार प्रकट गर्दछ ।

रञ्जु थापा

प्रवक्ता,

अन्तर्राष्ट्रिय समन्वय परिषद

गैरआवासीय नेपाली संघ ।

मिति: २०७२ माघ २४ गते ।

प्रतिक्रिया