पत्रकार महासंघ बेलायतको अध्यक्षमा बिमला सेनेबाट उम्मेद्वारी घोषणा ।

इनेप्लिज २०७२ माघ २८ गते २२:०२ मा प्रकाशित

image

लण्डन २८ माघ । लण्डनबाट प्रसारण हुने नेपाली टेलिभिजन गोर्खा च्यानलका वोर्ड अफ डाइरेक्टर तथा नेपाल आदिवासी जनजाति महिला महासंघकी महासचिव बिमला सेनेले पत्रकार महासंघ बेलायतको आगमी ६ मार्चमा हुन लागेको तेश्रो अधिवेशनमा अध्यक्षको उमेद्वारी दिने घोषणा गरेकी छन् ।

सामाजिक संन्जालतिर सेनेले पत्रकार महासंग बेलायतको आशन्न तेश्रो अधिवेशनमा आफू अध्यक्षको उमेद्वार भएको घोषणा गरेकी हुन् । विएफ. विएस (गोर्खा)रेडियो हंङकङवाट संचार क्षेत्रमा प्रवेश गरेकी सेनेले दुई दशक देखि निरन्तर रुपमा एफ एम रेडियो, साथै विभिन्न पत्र पत्रिकामा निरन्तर लागि परिरहेको र अहिले विगत ४ वर्ष देखि वेलायतमा व्यावसायिक रुपमा पत्रकारीतालाई अगाडि वढाउन क्रियाशील रहेकी र यो क्षेत्रका बाधा , व्यावधान , योजना सुनाउँदै पत्रकार महासंग वेलायतको छविलाई अझ राम्रो वनाउन यो पटकको अधिवेशनमा आफू अध्यक्षको उमेद्वार हुन योग्य रहेको सार्वजनिक गरेकी छन् ।

बेलायत जस्तो ब्यस्त जीबनमा पनि पत्रकारिता जस्तो चुनौतिपूर्ण पेशामा कटिबद्ध भएर लागिपरिरहनु भएका पत्रकार मित्रहरुलाई उच्च सम्मानकासाथ हार्दिक अभिवादन ब्यक्त गर्दै आगमी अधिवेशनमा चुनाबी सगर्मिमा उत्रने ख़ुलासा गरेकी छन् ।
व्यापार प्रशासनिक बिषयमा स्नातकोत्तर गरेकी सेनेले पत्रकारीता सम्वन्धि धेरै तालिमहरु प्राप्त गरेको अनुभवले यस क्षेत्र खारिने वताउदै ,पत्रकारिताको स्तरउन्नती, सुधार तथा बिकास गर्न पनि आवश्यकता रहेको सामाजिक संन्जालमा उल्लेख गरेकी छन् ।

बिगत चार बर्ष देखि बेलायतमा पनि पुर्णकालिनरुपमा यसै क्षेत्रमा रहेको हुनाले बेलायतको पत्रकारितामा पनि उस्तैखाले समस्या, बाधा, व्यावधानहरु प्रशस्तै रहेको भन्दै विदेशको पत्रकारिताको स्तरउन्नती, सुधार तथा बिकास गर्न पनि आवश्यकता महशुस गरेको खुलाशा गर्दै सुधार तथा बिकासहरु पत्रकार महासंघ बेलायतले गर्न सकिने र गर्न पनि पर्छ भन्ने पुर्णरुपमा बिश्वास एवम् आशा राखेकी छन् ।

सदियौ पुरानो नेपाल- बेलायत बिचको सम्बन्धलाई सुमधुर र बिकसित तुल्याउदै लैजान पत्रकारहरुले निर्वाह गर्नेु पर्ने अहम भूमिका ,गैर आवासिय नेपलीहरु साथै नेपाल तथा वेलायत सरकारले हामी नेपाली,बिध्यार्थी लगायत गोर्खालीहरुप्रति निर्माण तथा परिवर्तन गर्ने नयाँ नीति नियमहरुका बारेमा बिश्लेषणात्मक सूचनाको जिम्मेवारी पत्रकारहरुको मुख्य भूमिका रहेको बताएकी छन् ।
निर्भिक,निष्पक्ष र पारादर्शीरुपमा समचार सम्प्रेषण गर्दै प्रदेशी पत्रकारितालाई व्यावस्थित गर्न र बिशेषगरी बेलायतमा नेपाली पत्रकारितालाई व्याबशायिक वनाउदै लैजान सबै पत्रकार साथीहरु कटिवद्धरुपमा लागिरहन सहयोगको अपेक्षा समेत गरेकी छन् ।

नेपाली पत्रकारिता र प्रदेशी पत्रकारिता पेशालाई अबिछिन्न सम्पर्क, आवश्कतानुरुप सहकार्य, बिकसित यन्त्रकलाको सहयोगमा आदान-प्रदान लगायत पत्रकार महासंघ बेलायतले नयाँ र इच्छुक पुस्ताहरुलाई पनि आवश्यकतानुरुप तालिम प्रदान गराउदै सूचना संकलन साथै सप्रेषणकालागि हरेक समुदायसम्म हामी पुग्न सक्नु पर्दछ भन्ने दावि पनि गरेकी छन् ।

पत्रकारिता पेशाको हक हीतलाई सुनिश्चित गर्दै यो पेशालाई मर्यादित, व्याबश्थित, ब्याबशायिक तुल्याउदै बिकास गर्नकालागि पत्रकार महासघ बेलायत सक्षम, सबल नेतृत्व हुन आवश्यक रहेको भन्दै आफूलाई अध्यक्षमा लड्नका लागि सबै ठाउँबाट हौसला र सहयोग मिलिरहेको दावी गरेको बताईन ।

बेलायतवासी नेपालीहरुको साथ, सहयोग, विश्वास र भरोसा प्राप्त भएमा सक्षम र सबल नेतृत्व प्रदान गर्न सक्नेमा दृढ बिश्वासकासाथ आगामी सम्पन्न हुन लागिरहेको पत्रकार महासंघ बेलायतको तेश्रो अधिवेशनमा अध्यक्षकोलागि सवै पत्रकार साथीहरुलाई सहयोगको अपेक्षा राखेकी आफनो सामाजिक संन्जालमा सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया