एक खुट्टले छम्म छम्म……… नाचीन निलमले

इनेप्लिज २०७२ फागुन ४ गते ११:१० मा प्रकाशित

1पथरी फागुन ३
मोरङको पथरीशनिश्चरेमा जारि रमाईलो रिममिmम मेलामा नित्यङग निलमले एक खुट्टाले छम्म छम्म नाचेर र्दशकहरुलाई मनोरजन दिएकी छन । एउटा खुट्टा तिग्रा देखि मुनि नभएको उनले र्दशकलाई आफुसंगै छम छम नचाइन । नेपाल पत्रकार माहासंघ मोरङको सम्पर्क कायलयको सयोगाथ रमाईलो रिममिmन मेलामा आदा दर्जन गितमा नित्य पस्कदा धेरै जनाको वा वा र आथिक सहयोग पाईन । गितको बिच बिचमा र्याप आउदा समेत उनले र्याप डान्स गर्न माहिर देखिन्थीन । गहुगोरी बर्णकी निलम एक खुटाले स्टेजमा नाचन चडर्दा कस्को मान जिरीङ नहोला तर उनि अरु डन्सर जस्तै छम्म छम्म नाच्दछिन । केकी अधिकारीको फोटोकपी देखिने निलम स्टेजमा जड्दा र्दशकहरुनै झुकिने गरेका छन । २०४९ सालमा माता खुमादेबि र पिता ददिराम ढुङगानाको कोखबाट तेह्रथुमा जन्म लिएकी निलम ढुङगाना नित्यमा माहिर छिन । २०६४ सालमा इटहरीको बुढिपुलमा कक्षा १० को टेष्ट परिक्षा लेखन जाने क्रममा गाडी र्दुघटनामा उनले एउटा खुटा गुमाउनु पर्यो । सानै देखी नित्य गर्ने उनलाई एउटा खुटा गुमेपनि बिदेशमा नेपालको नाम चम्काउन थालेकी छन । एउटा खुटाले पनि देश बिदेश सम्मको स्टेजमा आफ्नो नित्य देखाउन भ्यईसकेकी निलम नेपाल महिला अपाङगता संघकी सदस्य छिन । निलम आफुलाई नेपाल महिला अपाङगता संघकी भिमा खतिवडाको ठुलो सहयोग रहेको बताउछिन । किसोर अवस्थामाई अपाङग भएकी उनलाई परिवारीक सहयोग राम्रो थियो । बि.बि.एस तेस्रो बर्षमा अध्यानरत उनि हाल श्रीमान बलराम बस्नेत संग काठमाडौमा बस्दै आएकी छन ।

2उनि भन्छिन अपाङग हुदैमा हरेश खानुहुदैन, परिवारले सहयोग गनुपर्छ, आफुमा भएको प्रतिभाको प्रदशन गर्नूपछ र समाज ठुलोहो समाजले सहयोग गरे सगरमाथा पुग्न गाह्रो छैन । पाथिभारा ईलिस स्कुल इटहरी बाट एस एल सि पास गरेकी उनि २०७१ साल देखि बिभिन्न स्टेजहरुमा एक खुटे नित्य प्रदशन गर्दै हिडदैछिन । दिदी रोमा न्यौपानेले एक खुटाले नाचेको देखेर दिदी हरुको सहयोगले नित्य गर्न थालेको उनि बताउछिन । अपाङ्गता भएका कारण बाहिर हिडडुल गर्न गाह्रो भएपनि संघस गर्न पछि नहटने बताउछिन । पढाईलाइ प्राथमिकतामा राखेकी उनि नेपालको नाम बिश्व भर फहराउने लक्षकासाथ अघि बढि रहेछिन ।

प्रतिक्रिया