फ्रेब्रुअरी २१, २०१६
कोलोराडो
नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरको आयोजनामा आईतबार एक समारोह बिच पूर्व प्रधानमन्त्री एबं नेपाली काग्रेसका सभापति सुशील कोईरालाको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न भयो ।
तेह्रौं पुण्य तिथीको दिन पारेर आयोजना गरिएको श्रद्धाञ्जली सभामा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुिद्धजिवी, व्यवसायी, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य, तथा सर्ब साधारणको उपस्थिती रहेको थियो ।
बोल्डर स्थित नेपाली कुजिन रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा कोईरालाको स्मरणमा एक मिनेट मौनधारण पछि उपस्थित सबैले उनको फोटोमा फुलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस पछि सुरु भएको मन्तव्य राख्ने क्रममा वक्ताहरुले कोईरालाले नेपाल र नेपालीलाई पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । आङ्खनो संम्पत्ती समेत बेचेर देश जनताको हक हितका लागी तन, मन, धन सुम्पेका कोईरालाले कहि केहीको लोभ लालचामा नपरि संविधान जारी गरेर नेपालीको ६ दशक भन्दा लामो सपना साकार पारी, नेपालीले कहिल्यै नबिर्सिने गुन लाएर गएको बताएका थिए ।
यसरी मन्तब्य राख्नेहरुमा नेपाली जनसम्पर्क समिती अमेरीकाका सल्लाहाकार द्धय पुरुषोत्तम पाण्डे, बुद्धीप्रसाद लामिछाने, नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउण्टेन फ्रेन्डस् अफ नेपालका सचिव विनोद त्रीपाठी, जनसम्पर्क समितीका पुर्व केन्द्रिय सदस्य जगन्नाथ गौतम, एनआर एनकोलोराडो च्याप्टरका अध्यक्ष बासुदेब खनाल, प्रवासी नेपाली मञ्चका अध्यक्ष जगत श्रेष्ठ, नेवाखल कोलोराडोका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, जनसम्पर्क समितीका कोलोराडो च्याप्टरका पुर्व उपाध्यक्ष गोविन्द लम्साल, समाज सेवी रमेश गुरुङ लगायतका रहेका थिए ।
च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुमा उपाध्यक्ष निरा गौतम र सदस्य लालकुमार रेग्मीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने, महासचिव ज्ञानेन्द्र पौड्यालले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया