प्रेमचरोको नामले चिनिने बरिस्ट हास्य कलाकार नारायण त्रिपाठी अब फेरी दर्शक माझ आउने भएका छन्। यू एस खबर अनलाइन संग कुरा गर्दै अमेरिका मै बसेर पनि अब नेपाली दर्सक लाई सुचनामुलक हास्य प्रस्तुति प्रदान गर्न लागेको बताउनु भएको छ। लामो समयसम्म नेपाली कलाकारिता जगतबाट टाढा रहदा नेपाली दर्शकले चाहेको कुरा दिन नसकेको भन्दै अब कुनै कुनै रुप मा आफु नेपाली दर्शक श्रोता माझमा आउने बताउनु भएको छ।
केहि समय अघि आफ्नै संयोजकत्वमा नेपाली कलाकार संघ टेक्सासको गठन गर्नु भएका त्रिपाठीले अब टेक्सासमा रहेका सम्पूर्ण नेपाली कलाकारलाई एक जुट बनाइ विभिन्न समयमा नेपाली दर्सक तथा श्रोतालाइ नेपाली गीत संगीत, कला सस्कृति पस्किने योजना बनाउनु भएको छ । अहिलेनै कुनै नेपाली टेलिभीजन तथा रेडियोहरुसंग कार्यक्रम प्रसारणको लागि कुरा नभैसकेको बताउदै Youtube च्यानल मार्फत भए पनि मासिक वा साप्ताहिक रुपमा सूचनामूलक हास्य व्यंग्य प्रसारण गरिने बताउनु भएको छ।
लामो समय देखि अमेरिकामा रहनु भएका त्रिपाठीले सूचना प्रबिधि को कारण ले विश्व एउटा सानो गाउँ जस्तो भएको तथा एउटा क्लिक ले हात हातमा आफुले खोजेको कुरा पाउन सकिने अहिलेको अवस्थामा भौगोलिक सिमा भित्र बसेर मात्रै कुनै पनि क्षेत्रमा योगदान दिन सकिन्छ भन्ने कुरा अब नरहेको जनाउदै आबस्यक परे नेपाल जाने आउने समेत गर्दै नेपाली कला क्षेत्रमा योगदान पुर्याउने बताउनु भएको छ। कलाकार को व्यक्तिगत जीवन भन्दा पेशागत जीबन महत्वपुर्ण रहनेमा आफुले व्यक्तिगत जिबन लाई मात्र केहि वर्ष समय दिएको र अब फेरी एकपटक नारायण त्रिपाठीको कला लाई हेरेर मुल्यांकन गरिदिन पनि अनुरोध गर्नु भयो ।
धेरै दर्सकले तपाई अब LOVEBIRD अर्थात् प्रेम चरो को रुपमा आउनु पर्यो भनेर विभिन्न सामाजिक संजालहरुमा आफुलाई घचघचाई रहेको बताउदै आफु LOVEBIRD कै रुपमा आउने अथवा अर्को नाममा आउने टुंगो नलागिसकेको बताउदै अव बिशुद्द हास्यव्यंग्य मात्र भन्दा पनि सुचनामुलक हास्यव्यंग्य कार्यक्रम बनाइ अन्य कलाकारहरु संग सहकार्यमा अगाडी बढ्ने बताउनु भएको छ ।
प्रतिक्रिया