१०६ औं अन्तर्राष्ट्रिय नारी दिवशको शुभकामना !

इनेप्लिज २०७२ फागुन २६ गते ४:१७ मा प्रकाशित
“यत्र  नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता”  अर्थात जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने पौराणिक भनाइ छ । यो भनाइलाई सार्थक बनाउन एक दिन नारी दिवश मनाएर मात्रै हुँदैन व्यहारमा समानता लागु गर्नु पर्दछ । 
 
हरेक बर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईन्छ । यहि नारी दिवशको सेरेफेरोमा नेपालीहरूले पनि देश, विदेशमा उत्साहसाथ मनाई रहेका छन । “लैंगिक समानताका लागि पाइला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी” भन्ने नारासहित यसबर्ष नारी दिवस मनाईएको छ।  १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसका कार्यक्रमहरू कर्मकाण्डमा मात्रै सीमित हुनु हुन्न । त्यस्ता कार्यक्रमले आम समुदायमा दिवसको सार्थकता, महत्व र सचेतना फैलाउँदै लैजाने गर्दछ । विश्व २१ औ शताव्दिमा प्रवेश गर्दै गर्दा हामी नेपालीहरु विकासका दृष्टिले निकै पछाडी छौ र समानताका कुरामा पनि निकै गहिरो खाडल छ । 
 
अन्तर्राष्ट्रिय रूपमा महिलाका हकअधिकार र तिनको कार्यान्वयनको लेखाजोखा यहि मौकामा मात्रै होईन की बर्षभरी नै महिला अधिकारका बारेमा गहन छलफल र अधिकार प्रत्यभुत गराउनु पर्दछ।हरेक नारी आँट, साहस, शक्ति र मायाको खानी हो, जसलाई कसैले नकार्दैन । हाम्रा प्राचीन धार्मिक ग्रन्थहरूले पनि त्यसको महिमा ऐतिहासिक कालदेखि गर्दै आएका छन् । नेपालमा लामो संर्घर्ष र बलिदानबाट जनप्रतिनिधिले बनाएको नयाँ संविधान हाम्रो महत्वपुर्ण दस्ताबेज पनि हो । यही संविधानको कार्यान्वयनसँगै महिलाहरूले नेतृत्व लिएका उदाहरण हामीसामु छन् । राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा उनीहरूको सक्रिय सहभागिता बढ्दै गएको छ, जुन सकारात्मक पाटो पनि हो । यतिमै मात्र चित्त बुझाएर बस्ने अवस्था भने यो होइन, कानुन प्रदत्त अधिकार कार्यान्वनमा अझै थुप्रै समस्या छन् त्यसको व्यवथापन पनि आवश्यकता छ ।
 
यहि महत्वपुर्ण अवसरमा अधिकार र अवसर पाए महिला–पुरुष सँगसँगै र अग्रणी रूपमा अघि बढ्न सक्छन् भन्ने विश्वास का साथ  स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नारी महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौ । साथै नेप्लिज  एशोसियसन  इन  साउथइष्ट अमेरिका ( नासा ),महिला तथा वालवालिका समितिद्वारा आगामी मार्च १३ ,आइतबार का दिन जर्जिया राज्यको एटलान्टामा बिशेष कार्यक्रम गर्न लागिएको सहर्ष जानकारी गराउदै स्थानीय महानु भावहरुलाई गरिमामय उपस्थितिको लागि आमन्त्रण गर्दछौं । 
कृपया थप  जानकारीकोलागी यो लिंक क्लिक गरनुस:  http://naseaonline.org/?p=3531 
 
भवदीय,  
विमल नेपाल – अध्यक्ष                                                                       
बिद्या गुरुङ – संयोजक, महिला तथा वालवालिका समिति    
शिव विष्ट – महासचिव        
तथा 
नेप्लिज  एशोसियसन  इन  साउथइष्ट  अमेरिका  परिवार
http://naseaonline.org/ 

प्रतिक्रिया