एनआरएनएको बैदेशिक रोजगारको कार्यदल तथा कार्य योजना

इनेप्लिज २०७२ चैत ४ गते १४:१२ मा प्रकाशित

NRNA-LOGO

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तरगतको बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति (२०१५/१७)ले आफ्नो कार्यदल तथा कार्य योजना तयार पारेको छ ।

एनआरएनए आइसिसीका पुर्ब सल्लाहकार धरम के.सी.(साउदी अरब)को संयोजकत्वमा (None Except this Task Force Committee / ICC – Advisor(2013-15) ICC – Co-Chair, CAARFC (2013-15) ICC-Chair, FEIC (2011-13)
NCC KSA – Chief Advisor (2013-15) NCC KSA – President (2009-13) NCC KSA – Gen. Secretary(2007-09) / Advisor, PNCC (2005-07) Member, Society of Engineers, UK(2004-07) Member, IET, UK (2007-to date) गठित १५ सदस्यीय कार्यदलमा इजरायलकी भगवति बस्नेत (NCC Israel – Chief Patron / ICC – Member (2011-13) NCC Israel – Chief Patron(2013-15) / Member – INLS VP – INAS Treasurer-Intl. Gazal Manch Member-Asta Ja Abhiyan )   अफ्रिकाका सुनिल कार्की (ICC – Member (2013-15) NCC-Kenya-Treasurer (2011-13) / Sponser (2 Earthquake victims children (Now at Primary till +2) from Kabraplanchok District– Lion’s Club Kathmandu Star ) र अमेरिकाका सानुबावु सिलवाल (Media advisor for 6 ministries of GoN, Trainer-environmental journalism, President-Society of Environmental 
Journalists Nepal for 7 years. Member-different intl. media orgs. Act. President-US Nepal Chamber 
of Commerce, Member-National Association of Stores & Petrolium retailing, President-GS Corp. in North Carolina ) सह संयोजक रहेका छन ।

त्यस्तै गरीे सदस्यहरूमा कुवेतका धर्मराज गिरी ( NRNA-NCC-President (2013-15) / Supporting member ( Kuwait Society for human rights) , डेनमार्कका सोम सापकोटा ( ICC – DRC Europe (2013-15), मलेशियाका महेन्द्र जंग शाह (NCC Malaysia – President), अष्ट्रेलियाकि दीपा राई ( ICC – Member (2013-15), इराकका खेम पौडेल (NCC Iraq – VP (2013-15), बहराइनकी लक्ष्मी गिरी (NCC Bahrain – Women Coordinator / Senior Advisor Of Chitwon Welfare society) युएर्इकि कल्पना राई ( NCC UAE – Women Coordinator), युकेका खुशी लिम्बु ( NCC UK – Spokes Person), ओमानका अजय यादव ( NCC Oman – Member), कतारका करिम बक्स मिया र लेबनानकी सुशीला (उर्फ सुजना) राना (NCC Lebanan – Treasurer(2013-15) रहेकि छन ।

समितिको सल्लाहकारमा हाल नेपालमै रहेका रामेश्वर शाह (Managing Director of  Dordikhola Hydro Power Proejct (NRNA/IME) ICC – Patron (2013-15) ICC – VP (2011-13) ICC – Treasurer (2009-11), रूसका डा. बद्री के.सी ( ICC-Gen. Secretary / ICC – Treasurer (2013-15) ICC – Member (2009-13) NCCRussia-Gen.Secretary (2007-09) NCC Russia-Gen. Member (2003-07)  Executive Member Russia-Nepal Friendship Associationn )  र अष्ट्रेलियाका डा. अनुपम पोख्रेल ( Consultant Psychiatrist & Medical Examiner of mental health problems,  Advisor – Social Awareness Forum, Advisor-Australian Nepalese Medical & Dental Association (2015-to date), Social analyst & independent writer )  रहेका छन ।

यस कार्यदलले आफ्नो कार्यकालमा यसप्रकारका काम गर्ने उद्येश्य राखेको छः

१) आफूं रहेका मुलुकहरूमा नेपाली श्रमिकहरूको यथार्थ अवस्थाको सर्वेक्षण गर्ने, डाटावेस सहितको प्रतिवेदन तयार पार्ने ।

२) एनआरएनए र एशिया फाउण्डेशनको सहकार्यमा निर्माणाधिन बैदेशिक रोजगारको जानकारीमूलक मोबाइल एप्सको निर्माण, परिक्षणमा सघाउंदै थप उपयोगी बनाउन परिमार्जनका लागि पृष्टपोषण गर्ने ।

३) बैदेशिक रोजगार एन २०६४ मा संशोधनका लागि सुझाव पेश गर्ने ।

४) वैदेशिक रोजगारमा ब्याप्त ठगि, शोषण र बिचल्लीको रोकथाम र रोगथाम (उद्धार)का लागि स्थाई साधन र संयन्त्र निर्माणमा जोड दिने  ।

५) बैदेशिक रोजगारलाई न्यायपूर्ण बनाउन स्वदेशमा र बिदेशमा पनि न्यायिक सुनुवाई तथा उपचारका लागि प्रभावकारी संयन्त्र बिकासमा जोड दिने ।

६) बैदेशिक रोजगारलाई स्वस्थ र पारदर्शी बनाउन सबै अबैध, अनियमित र अनैतिक कृयाक्लापहरूको अध्ययन, लेखाजोखा सहितको प्रतिवेदन तयार पारी त्यस्ता गलत प्रबृत्तिहरूको निराकरणका लागि लिखित सुझाव पेश गर्ने ।

७) बैदेशिक रोजगारका सबै प्रमुख गन्तब्य मुलुकहरूमा स्थापित एनसिसीहरूमा गठित (गठन नभएका भए गठनमा जोड दिने) लेबर टास्क फोर्स कमिटीहरूसंग सहकार्य गर्दै तत् तत् मुलुकहरूमा भैपरि आउने श्रमिक समस्या समाधानमा सघाउने ।

८) प्रबासी नेपाली श्रमिक हक, हित र उद्धारमा खटिने एनआरएनएका स्वयम सेवकहरूका लागि सरकारी परिचय पत्रको ब्यवस्थाका लागि पहल गर्ने ।

९) नेपाली महिला कामदारहरूको रोजगारमा बिशेषतः खाडी मुलुकहरूमा बिद्यमान असुरक्षा र जोखिम न्युनिकरण तथा निराकरण गर्न नेपाल सरकार र नेपाली दूतावासहरूसंग सहकार्य र समन्वय गर्ने, पुरूष तथा महिला कामदारहरूको अवैध ओसार पसार रोक्न तथा तस्करीलाई दण्डित गर्न नेपाल प्रहरीसंग सहकार्य गर्ने ।

१०) फ्रि भिषा फ्रि टिकटको कार्यान्वयनमा देखिएका ब्यवहारिक समस्याहरूको स्थलगत अध्ययन गरी सुझाव पेश गर्ने, केही दूतावासहरूद्वारा निर्धा्रित न्युनतम तलबमानलाई ब्यवहारिक बनाउन तथा म्यानपावर कम्पनीहरूबाट मागपत्र स्वीकृति प्रावधान तथा लिइने दस्तुरमा परिमार्जन गर्न प्रस्ताव पेश गर्ने ।

११) बैदेशिक रोजगार गर्ने कामदारहरूको उद्धारका लागि एनआरएनएकै “बेदेशिक रोजगार राहत कोष“ टास्क फोर्ससंग र स्वदेश फिर्ती पछिको सुविधा, अवसर र उद्दमशिलताका लागि एनआरएनएकै “हजारे अभियान“ साथै “उद्दमशिलता तथा उद्यम बिकास“ जस्ता कार्यदलहरूसंग सहकार्य गर्ने ।

१२) बैदेशिक रोजगारबारे सचेतना अभिबृद्धी गर्न सबै सूचना सामाग्रीहरूलाई एनआरएनएकै मौजुदा वेभ साइटमा वैदेशिक रोजगारको पोर्टल या स्थाई स्तम्भ राख्ने या छुट्टै वेभ साइट सञ्चालन गर्ने ।

१३) बैदेशिक रोजगारका लागि नयां र राम्रा गन्तब्यहरू खोज्ने तथा बैदेशिक रोजगारमा कामदार पठाउने बैकल्पिक माध्यम, प्रकृया र संयन्त्रको प्रस्ताव तयार पारी नेपाल सरकारलाई सुझावका रूपमा पेश गर्ने ।

उपरोक्त उद्येश्यहरू हासिल गर्न कार्यदलले सिंगो एनआरएनए, प्रबासी नेपाली समुदाय, म्यानपावर ब्यवसायीहरू र नेपाल सरकारका जिम्मेवार निकायहरूको सहयोग र सहकार्यको अपेक्षा राख्दै अनुरोध गरेको छ ।

Attachments area

प्रतिक्रिया