कथित ‘डन’ले फिल्म बनाउँदै, आरजु पुगिन कार्यक्रममा

इनेप्लिज २०७२ चैत ४ गते १६:५९ मा प्रकाशित

khum-bhadur-khadka-768x512

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कथित ‘डन’ रोज राणाले फिल्म बनाउन सुरू गरेका छन् । रोजले ‘पर्शुराम’ नामक फिल्म बनाउन लागेका हुन् । यो फिल्मको हालै काठमाडौंमा विशेष कार्यक्रम गरेर घोषणा गरिएको थियो । कार्यक्रममा कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाकी पत्नी आरज देउवा पनि पुगेकी थिइन् ।

आरजुले फिल्म बन्न लागेकोमा शुभकामना पनि दिइन् । पर्शुराममा अभिनेता बिराज भट्टले अभिनय गर्ने छन् । फिल्मको निर्माण तथा निर्देशन स्वयं रोजको रहनेछ । रोजको निर्देशनमा बन्न लागेको यो फिल्म पहिलो हो । फिल्म मसालेदार र एक्शनले भरिपूर्ण रहने रोजले बताएका छन् । सोफिया सिने आर्टसको सातौं फिल्मका रुपमा पर्शुराम फिल्म निर्माण हुनेछ । फिल्ममा बिराजसँगै अभिनेत्री निशा अधिकारीले पनि अभिनय गर्ने छिन् । यसअघि बिराज र निशाले नौना रेशम नामक फिल्ममा सँगै काम गरेका थिए । फिल्म चैत १ गतेदेखि छायाँकनमा निस्किएको छ ।

प्रतिक्रिया