अमेरिकि राष्ट्रपती बाट बल्ड डोनर्स अफ अमेरिका टोलि सम्मानित

इनेप्लिज २०७२ चैत ४ गते २२:५४ मा प्रकाशित

bda

संयुक्त राज्य अमेरिकाको राष्ट्रीय तथा सामुदायिक सेवा संस्था मार्फत राष्ट्रपती कार्यालयबाट राष्ट्रपतिय स्वयंसेवा पदक द्वारा बल्ड डोनर्स अफ अमेरिकाका अध्यक्ष डा. लीला बहादुर कार्कि, न्युयोर्कका संयोजक निमा शेर्पा, सहसचिब मनिष शाक्य तथा टेक्सास शाखा सदस्य रेशम बहादुर घर्ति लाई सम्मानित गरिएको छ ।

अमेरिकी राष्ट्रपती बराक ओबामाले हस्ताक्षर गर्नु भएको बधाई पत्र तथा राष्ट्रीय एबं सामुदायिक सेवा संस्थाद्वारा राष्ट्रपतिय स्वयम् सेवा पदक द्वारा डा कार्किलाई स्वर्ण चिन्ह प्रदान गरिएको छ l

डा. कार्कि लामो समय देखि अनबरत रुपमा स्वयम् सेवामा बिशेष गरेर बिगतका वर्षहरुमा थुप्रै राज्यहरु तथा शहरहरुमा रक्तदानहरु आयोजना गरी प्रशंसनिय कार्य गरे बापत सो आभूषण प्राप्त गर्नु भएको हो । वहाँ अथक रुपमा खटेर असंख्य संख्यामा स्वयम् सेवीहरुलाई एकजूट गरी छोटो समयमा नै अमेरिका का ५० वटै राज्यहरुमा बिडिएको संगठन बिस्तार गरी एक उत्कृष्ठ स्वयम सेवी संस्थाको रुपमा चिनाउन सफल हुनु भएको छ ।

यसै गरि शेर्पा , शाक्य तथा र घर्ति लाई कास्य चिन्ह प्रदान गरिएको छ । वहाँहरुले लामो समय देखिको अनबरत स्वयम् सेवा बिशेष गरेर बिगतका थुप्रै वर्षहरुमा असंख्य शहरहरुमा रक्तदानहरु आयोजना गरी प्रशंसनिय कार्य गर्नु भएको छ । रक्तदान जीवनदान भन्ने मूल मन्त्र सहित हामी एक जूट भयौं भने संसार फेर्न सक्छौं भन्ने मूल नारा सहित समाजमा सचेतना फैलाउन बल्ड डोनर्स अफ अमेरिका(बिडिए)ले प्रमुख भूमिका खेलेको छ ।

डा कार्की आफु बसोबास गर्ने राज्य वा वरिपरिका राज्यका शहरहरु तथा जन्म भूमी नेपालमा पनि बिभिन्न कार्यक्रमहरु गरी रक्तदान जीवनदान भन्ने मूल मन्त्रको साथमा यस महान कार्यको जनचेतना फैलाउदै बिडिएको अभियानलाई अगाडी बढाउने र यस संस्थालाई अझ चिनाउन सफल हुनु भएको छ । डा कार्कीले यस सुखद क्षणमा संस्थालाई सहयोग गर्ने सम्पूर्ण स्वयम् सेवीहरु ,प्रायोजकहरु तथा शुभेक्षुकहरुलाई संस्थाको तर्फ बाट हार्दिक बधाई ज्ञापन गर्नु भएको छ l

र यसको साथै हरेक रक्तदाता सामाजिक नायक हुन्, हामी एक जुट भयौं भने समाज फेर्न सक्छौं भन्दै एक जुट हुन् आब्हान समेत गर्नु भएको छ l

प्रतिक्रिया