गैरआवासीय नेपाली संघको युरोपियन क्षेत्रीय बैठक आउँदो जुलाई ३० र ३१ तारिख कोपेनहेगन स्थित हिल्टन होटलमा हुने सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघ डेनमार्कको गत विहीवार बसेको छलफलले युरोपियन क्षेत्रीय बैठकको मिति र स्थान तय गरि सार्वजनिक गरेको हो । उक्त बैठकमा युरोप क्षेत्रका संयोजक कुल आचार्यको पनि उपस्थित रहेको थियो ।
युरोपियन क्षेत्रीय बैठकमा बिनाशकारी भूकम्प पछि नेपालमा पर्न गएको असरलाइ मध्य नजर गर्दै पुर्ननिमार्ण, लगानी तथा आर्थिक कूटनीति बारेमा छलफल केन्द्रित रहने छ भने बैठकमा प्रस्तुत गरिने एजेन्डाको बिस्तृत विवरण छिट्टै प्रस्तुत गरिने आचार्यले बताए । सोही अवसर पारेर नेपाली महिलाले भोगेका समस्यका बारेमा छलफल गर्दै क्षेत्रीय महिला सम्मेलन समेत आयोजना गरिने भएको छ ।
पहिलो क्षेत्रीय बैठक सन् २००७ जुलाई लण्डनमा, सन् २००८ मा बेल्जियम, सन् २००९ मा पोर्चुगलमा २०१० मा फ्रान्स, सन् २०११ मा रुसमा, सन् २०१३ मा स्वीजरल्याण्ड र सन् २०१४ जुनमा स्पेनमा सम्पन्न भएको थियो । सन् २०१५ मा डेनमार्कमै तय गरिएको क्षेत्रीय बैठक बिनाशकारी भूकम्पका कारण स्थगित गरिएको थियो।
प्रतिक्रिया