इकोटिरियल गुयानामा एनआरएनए को ७३ औ शाखा गठन

इनेप्लिज २०७२ चैत १० गते १०:२१ मा प्रकाशित

equotorial guinea picture

मध्य अफ्रिकी मुलुक इकोटिरियल गुयानामा एनआरएनए को ७३ औ शाखा गठन भएको छ | एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार भर्खरै गठन गरिएको गैर आवाशीय नेपाली संघ इकोटिरियल गुयाना राष्ट्रिय समन्वय समितिमा सन्त बहादुर बिष्ट अधक्ष्य रहेका छन् |

समितिमा इन्द्रसिंह लामा र कमल गौतम उपाध्यक्ष ,कृष्णचन्द्र सेढाई महासचिब र राजकुमार के .सी . कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा प्रशान्त शर्मा , लबकुमार थपलिया ,उमेश दाहाल ,सुमन बिके . ,सुनिल बिके र दुतराज लामा चयन भएका छन् |

एनआरएनए अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाका अनुसार इकोटिरियल गुयाना अफ्रिकाको मध्य पश्चिममा पर्ने अफ्रिकाकै प्रमुख तेल निर्यातक राष्ट्र मध्य एक राष्ट्र हो | यहाँ करिब दुइ दर्जन नेपालीहरु विभिन्न ब्यबसायमा सलग्न छन् | इकोटिरियल गुयाना अब एनआरएनए को ७३ औं शाखा र र अफ्रिकाको १५ औं एनआरएनए शाखा हुनेछ |

प्रतिक्रिया