गोपाल काफ्ले
चैत १०
मोरङको उर्लाबारीमा उर्लाबारी युवा समुहद्वारा बुधबार आयोजित होली बिशेष कार्यक्रममा भयो । उक्त कार्यक्रममा ज्योतीलाई विशेश आकर्षक थिन । उनले आफ्ना झन्डौ १ दर्जन गीत गाएर कार्यक्रमको माहौल बढाईन् । ज्योतीले ‘ओइ ज्योती देउन एकचोटी,उही मुलाको सिक्की,जोडि हाम्रो जम्छ, भन सोल्टी, छोटे सारी, जवानि चढयो, पिरतीमा दम छ, ढाडे बिरालो…… लगायका गीत पस्किएकी थिन । दर्शकहरुको हुटिङ गर्दा उनले लगाएको कपडा फुकाल्दै कति गित दोहोर्याएकी थिन । ज्योतीको प्रस्तुतीमा मनोरञ्जन लिईरहेका दर्शकहरु गीतसँगै नाँचेका थिए । एकआपसमा रंग दलेर होली सद्भावका साथ दर्शकहरु मनाईरहेका थिए ।
युवायुवतीहरुको भीड पनि बाक्लै थियो । कार्यक्रममा बजिरहेको गीतमा दर्शकहरु आफ्नै सुरुमा नाँचिरहे । त्यहि भीडलाई थप मनोरञ्जन दिलाउन स्टेजमा उत्तेजक शैलीमा सेक्शी सोल्टी, प्वाट सोल्टी र बुलेट सोल्टी भन्दै गायिका ज्योती मगरले चिच्यायिन । कार्यक्रमको मध्यभागमा उनले आफ्नो टिर्सट खोल्दै गाउँदा युवाहरु छेउमै पुग्न खोज्दा आयोजकलाई स्थिती सम्हाल्न कठिन भयो । मुहारमा रंग दलिएका दर्शहरुको भीड बाक्लीदा होली माहौल झन झन बढेको थियो । युवाहरु मात्र होईन,जेष्ठहरु पनि ज्योती ज्योती भन्दै उफ्रिरहेका थिए ।
त्यहि मौकामा ज्योतीले होलीको शुभकामना दिदै भनिन्,उर्लाबारीबाशीको अपार माया र सद्भाव पाए,मलाई सधै यस्तै माया गर्नुहोला ।
कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुति समेटिएको थियो । यसैगरी मोरङको इटहरामा होली पर्वको अवसरमा हाडीफोर प्रतियोगिता,स्लो बाईक रेस,डान्स प्रतियोगीतको आयोजना गरिएको आयोजक बुलेट गाईज क्लवका संयोजक कमल वाईवाले जानकारी दिए ।
प्रतिक्रिया