टेक्सस (अमेरिका)– टेक्सासका नेपाली व्यबसायी हरिबोल भण्डारीको लगानी रहेको नेपाली चलचित्र ‘नाई नभन्नु ल–४’ अमेरिकामा अप्रिल ८ देखि प्रदर्शनमा आउने भएको छ ।
पछिल्ला चलचित्रहरुको व्यापक सफलतापछि ‘नाई नभन्नु ल–४’ नेपाल, अमेरिका र अष्ट्रेलियामा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक विकास आचार्यले जानकारी दिनुभयो। अष्ट्रेलियाका ८ शहरहरुमा एकैसाथ यो चलचित्र प्रदर्शनमा आउने भएको छ ।
यो चलचित्रमा टेक्सासका नेपाली प्रतिष्ठित व्यबसायी हरिबोल भण्डारी र अष्ट्रेलियाका दिनेश पोखरेलले लगानी गरेका छन् । अमेरिकाको ड्यालसबाट प्रदर्शन गर्न लागिएको यो चलचित्र अन्य शहरहरुमा प्रदर्शनका लागि हरिबोल भण्डारी (५६१-३१९-६३५६), विकासराज न्यौपाने (२१४-३००-५५८६), शैलेश आचार्य (५०८-५१४-९६२७) र डिजे मम (२१४-९९१-९१९५ -बिपिन थकाली) सँग सम्पर्क गर्नु पर्नेछ।
नाई न भन्नु ल ४ का छायांकित गीतहरू र केही झलकहरु प्रचारमा आइसकेका छन् र अत्यधिक प्रशंसा पाइरहेका छन् I बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रको लेखन भने निर्देशक आचार्यले सामिप्यराज तिमिल्सिनासँग मिलेर गर्नुभएको हो । यो चलचित्रमा प्रियंका कार्की, सरोज खनाल, पल शाह, वर्षा राउत, आँचल शर्मा र बालकलाकार अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रोमो भिडियो:
प्रतिक्रिया