सम्पूर्ण दाजुभाई तथा दिदि बहिनीहरु ,
गीति नाटक ‘मालती मंगले’ का चर्चित नायक हरी बहादुर थापालाई डिसीमा सम्मान गरिने भएको छ l डिसी महानगर क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको अमेरिका नेपाल सहयोगी समाजको पहल तथा अन्य डिसी क्षेत्रका संघ तथा संस्थाको सयुक्त सहयोगमा नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई सम्मान गर्ने जनाएको छ l
उक्त कार्यक्रममा प्राज्ञ हरीबहादुर थापाको उत्कृष्ट दश नाटकहरुको केही अंश समेत रहेको ‘पाईलाहरु’ नामक भिडीयो सिडी मन्चन समेत गरिने छ l साथै वरिष्ठ कलाकार थापाले जीवन्त अभिनयका साथ आफ्नो भूमिका निभाउनु भएको नाटकको भिडीयो प्रदर्शन गरिने छ lकार्यक्रम आगामी मे महिनाको १४ तारिख शनिबार डिसी नजदिक रहेको आर्लिंगटनको आर्लिंगटन पुस्तकालयमा कार्यक्रमको आयोजना गरिने छ l उक्त कार्यक्रममा वहाले नेपालमा नाटकको ईतिहासको र अहिले सम्म भएका उपलब्धि ,अवस्था आदि ईत्यादी समेत बारेमा बोल्नु हुनेछ l समुदायसंग प्रतक्ष्य कुराकानी गर्ने र प्रतक्ष्य छोटो अभिनय समेत प्रस्तुत गर्नु हुने छ l
सम्पूर्ण दाजुभाई तथा दिदि बहिनिहरुलाई उक्त समयमा आफ्नो भित्ते पात्रो आरक्षित गर्नु हुन् आयोजक हार्दिक अनुरोध गर्दछ l आयोजक : अमेरिका नेपाल सहयोगी समाज
सम्पर्क :
पदम राज रेग्मी :७०३.३१७.७७२४
सागर कंडेल :५७१ .३०९ -८८९७
मधु पन्थी :७०३.४८५.२०००
कमल भट्टराई :७०३.९७३.४५७४
राजन घिमिरे : ५७१.४९२ ११०६
मिति : मे १४ ,२०१६
समय : १ बजे देखि ,शनिबार
स्थान : Arlington Central Library
Address: 1015 N Quincy St, Arlington, VA 22201
Phone:(703) 228-5990
प्रतिक्रिया