मुम्बई । पोर्न स्टार एवम् बलिडउ अभिनेत्री सन्नी लियोनले आफ्नै चलचित्रको प्रचारमा साथ नजदिने भएकी छन् । उनी चलचित्र बेइमान लव प्रमोशनमा सहभागी नहुने भएकी हुन् ।
राजिव चौधरी निर्देशित चलचित्र बेइमान लवमा सन्नीले एउटा बोल्ड तथा फियरलेस ब्यवसायी महिलाको भूमिका निर्बाह गरेकी छन् । चलचित्रमा उनले ब्वाइफ्रेण्ड रजनीश दुग्गलबाट प्रेममा धोका पाएपछि बदला लिने भूमिका निर्बाह गरेकी छन् । चलचित्र २ सेम्बटेम्बरमा रिलिज हुँदैछ ।
बलिउड अभिनयमा बोल्ड छवि बनाएकी सन्नी अहिले संस्कारी भूमिकाको खोजीमा छिन् । यसैका कारणले पनि उनी चलचित्रको प्रचारमा सहभागी हुन नचाहेकी हुन् ।
चलचित्रमा उनलाई हदै सम्मको सेक्सी देखाइएको छ । यस्तो इमेज रहेको चलचित्र प्रमोनमा आफू नलाग्ने उनले अहिले पोलिसी बनाएकी छन् । – एजेन्सी
प्रतिक्रिया