मिति : २०१७ अगस्ट १६ तारिक । केही दिनयता नेपालमा बाढीपहिरो र डुबानबाट सयौंले ज्यान गुमाएका छन् । हजारौँ घरपरिवार विस्थापितका साथै दसौँ हजार घर डुबानमा परेका छन् । त्यसलै, यतिखेर देश दुखेको छ । यो नेपालीको साझा संकट हो । एउटी आमाले आफ्नो काखको बच्चा गुमाएकी छन् । कति आमाका काख रित्तो भएको छ । कति बच्चाले आमाबुवा गुमाएका छन् । कैयौं बालबच्चा टुहुरा भएका छन् । सदगत गर्ने स्थान अभावमा खोलामा बगाइएको छ । यसरी प्राकृतिक विपतिमापरि ज्यान गुमाउनु भएकाहरूका आत्माको चीरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
यस विषम परिस्थितिमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA)को यही अगस्त १५ तारिखमा बसेको केन्द्रीय कार्यसमिति र बोर्डको संयुक्त आकस्मिक बैठकले नगद तथा जिन्सी गरी तत्काल २,०००/- अमेरिकी डलर सहयोग घोषणा गरेको जानकारी गर्दछौं ।
यस्तो संकट घडीमा हाम्रो संस्था नेपाल सरकार साथै अन्य संघ–संस्थासँग सहकार्य गरी उद्धार, राहत र पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैमा तत्कालीन र दीर्घकालीन सहयोगका लागि आह्वानसमेत गर्दछ ।
प्रमोद थुलुङ राई – वोर्ड चेर्यर चन्द्रकुमार राई – अध्यक्ष
प्रतिक्रिया